आज सातै प्रदेशले बजेट ल्याउँदै

झापा, १ असार । प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२–८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेका छन् । प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान छ । सोही अनुसार सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुनेछ । प्रदेश सरकारहरुले भौतिक पूर्वाधार निर्माणसंगै पूँजीगत खर्च अभिवृद्धि हुनेगरी [...] The post आज सातै प्रदेशले बजेट ल्याउँदै appeared first on Jhapa Online.

Jun 15, 2025 - 03:57
 0
आज सातै प्रदेशले बजेट ल्याउँदै

झापा, १ असार । प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२–८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेका छन् ।

प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान छ । सोही अनुसार सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुनेछ ।

प्रदेश सरकारहरुले भौतिक पूर्वाधार निर्माणसंगै पूँजीगत खर्च अभिवृद्धि हुनेगरी बजेट ल्याउने तयारी गरेका छन् । संघीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिशका आधारमा प्रदेशका लागि वित्तीय समानीकरण अनुदानका ६० अर्ब ६६ करोड रुपैँया विनियोजन गरेको छ ।

त्यसैगरी सशर्त अनुदान ३० अर्ब ३५ करोड, समपूरक अनुदान ३ अर्ब २८ करोड र विशेष अनुदान ३ अर्ब २७ करोड रुपैँया छुट्ट्याइएको छ । संघीय सरकारले राजस्व वाँडफाँट र अनुदान गरी प्रदेश र स्थानीय तहमा आगामी आर्थिक वर्षमा ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैँया हस्तान्तरण हुने संघीय सरकारले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि सात वटै प्रदेश सरकारहरुले दुई खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँको बजेट ल्याएका थिए । सबै प्रदेशहरुमा प्रभावकारी ढंगबाट पुँजीगत खर्च हुन नसक्ने समस्या देखिएको छ ।

प्रदेश सरकारहरुले पुँजीगत खर्च गर्न सक्ने क्षमताको अभिवृद्धि र भौतिक पुर्वाधार निर्माणको खर्चलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जनाएका छन् ।

The post आज सातै प्रदेशले बजेट ल्याउँदै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register