रास्वपा र राप्रपाको आरोप- ‘संसद् बिचौलियाको पक्षमा उभियो’  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरुलाई बोल्न नदिएको आरोप लगाएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्न दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भए पनि त्यस विपरित सभामुखले आफूहरुलाई बोल्न नदिएको बताएका हुन् […]

Jun 15, 2025 - 13:11
 0
रास्वपा र राप्रपाको आरोप- ‘संसद् बिचौलियाको पक्षमा उभियो’  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरुलाई बोल्न नदिएको आरोप लगाएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै झाले बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्न दिने र अन्य प्रक्रिया अघि बढाउने सहमति भए पनि त्यस विपरित सभामुखले आफूहरुलाई बोल्न नदिएको बताएका हुन् ।

‘बिहान सभामुखसँग भएको छलफलमा पहिला आन्दोलनरत दल रास्वपालाई बोल्न दिने भन्नु भएको थियो । तर बैठक सुरु भइसकेपछि रास्वपालाई पहिले बोल्न दिइएन ।’, झाले भने, ‘सभामुखले पनि झुट बोल्नुभयो ।’  

त्यस्तै, झाले सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न नसकेको र पेलेरै लाने व्यवहार देखाएको उल्लेख गरे । प्रमुख प्रतिपक्षी दलले सत्तापक्षसँग उधारो सहमति गरेकाले आफूहरुले आन्दोलनलाई निरन्तरता दिएको उनले बताएका छन् । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएको आरोप लगाएका छन् । शाहीले भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्ती सदन चलाएर संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरुले सदन बहिष्कार गरेको बताए ।

‘संसद् र सभामुख विचौलियाको पक्षमा उभिएको छ । हामीले संसद् बहिष्कार गरेका छौँ । यो भन्दा अरु विकल्प केही छैन ।’, उनले भने, ‘भिजिट भिसा प्रकरणमा विपक्षी दलको विरोध हुँदा हुँदै पनि जबरजस्ती सदन चलाएर संसद् र सभामुख बिचौलियाको पक्षमा उभिएकाले आफूहरुले सदन बहिष्कार गरेको हौँ । सांसदले उठाएका आवाजलाई सम्बोधन नगर्ने संसद्मा बस्नुको कुनै औचित्य हुँदैन ।’

त्यस्तै, सांसद शाहीले भिजिट भिसा प्रकरणमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले छेपारो प्रवृत्तिमा काम गरेको टिप्पणी गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register