चीनमा गएको भुकम्पको धक्का काठमाडौमा महसुस

झापा, ३ चैत । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो । यसको धक्का काठमाडौँसम्म महसुस गरिएको [...] The post चीनमा गएको भुकम्पको धक्का काठमाडौमा महसुस appeared first on Jhapa Online.

Apr 16, 2025 - 02:17
 0
चीनमा गएको भुकम्पको धक्का काठमाडौमा महसुस

झापा, ३ चैत । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।

नेपालको उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर पाँच म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प आज बिहान ०४ः०५ बजे गएको हो । यसको धक्का काठमाडौँसम्म महसुस गरिएको हो ।

पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । केन्द्रका अनुसार मङ्गलबार बिहान ०४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव चार म्यााग्निच्युडको भूकम्प गएको थियो । गत सोमबार राति ०९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक म्यााग्निच्युडको भूकम्प गएको थियो ।

The post चीनमा गएको भुकम्पको धक्का काठमाडौमा महसुस appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register