भद्रगोल त्रिवि ठप्प : तीन पदाधिकारीको मूलगेटमा तालाबन्दी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फास्ट ट्रयाकमार्फत प्राध्यापक नियुक्ति गर्न लागेको विरोधमा आंशिक प्राध्यापक संघले उपकुलपति, रजिस्टार र रेक्टर कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्द भएपछि तीनजना पदाधिकारीले कहिले पुल्चोक त कहिले बल्खुमा कार्यालय बनाएका छन् । तालाबन्दीपछि त्रिविको आर्थिक, प्रशासनीय र प्राज्ञिक काम ठप्प भएको छ । संघले ५ सूत्रीय माग राखी तालाबन्दी गरेको हो […]

Jun 15, 2025 - 04:16
 0
भद्रगोल त्रिवि ठप्प : तीन पदाधिकारीको मूलगेटमा तालाबन्दी

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले फास्ट ट्रयाकमार्फत प्राध्यापक नियुक्ति गर्न लागेको विरोधमा आंशिक प्राध्यापक संघले उपकुलपति, रजिस्टार र रेक्टर कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्द भएपछि तीनजना पदाधिकारीले कहिले पुल्चोक त कहिले बल्खुमा कार्यालय बनाएका छन् । तालाबन्दीपछि त्रिविको आर्थिक, प्रशासनीय र प्राज्ञिक काम ठप्प भएको छ । संघले ५ सूत्रीय माग राखी तालाबन्दी गरेको हो ।

शुक्रवार दिउँसो संघले तीनैजना पदाधिकारी र सेवा आयोगको कार्यालयको मूल गेटमा मागपत्र टाँसेर तालाबन्दी गरेको हो । तालाबन्दीपछि सबै काम ठप्प भएको छ । संघले रेक्टर कार्यालयअन्तर्गत रहेको पाठ्यक्रम विकास केन्द्रमा भने ताला लगाएको छैन ।

संघले फास्ट ट्रयाकको नाममा लिखित परीक्षा बिनानै १ सय ३० जना आफन्त नातागोतालाई बिना प्रतिस्पर्धा स्थायी नियुक्ति गर्न लागेको आरोप लगाउँदै विज्ञापन तत्काल खारेज गर्नुपर्ने, सीमित संख्यामा गर्न लागेको विज्ञापन तत्काल रोकी नियमअनुसार रिक्त रहेका सम्पूर्ण दरबन्दी र त्रिविको नियमअनुसार आउने ६ महिनाभित्र सेवा निवृत हुने ५ हजार २ सय ३० जनाको एकैसाथ विज्ञापन गर्नुपर्ने, रिक्त दरबन्दी सबै विज्ञापन हुने सुनिश्चित नहुँदासम्म कुनै पनि विज्ञापन खोल्न नहुने र संघसँग गत वर्ष साउन १८ गते सहमति भई २० गते कार्यकारी परिषद्बाट कार्यान्वयन गर्ने निर्णय तत्काल लागू गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

उपकुलपतिले कर्मचारी र शिक्षक संघ संगठनलाई कुनै जानकारी नै नदिई फास्ट ट्रयाकबाट स्थायी गर्न खोजेपछि चर्को विरोध शुरू भएको छ । पदाधिकारीको सो निर्णयको त्रिवि कर्मचारी संघले विरोध जनाएका हुन् । प्रचलित मान्यताविपरीत तथा सेवारत् प्राध्यापकहरूको वृत्ति विकासमा असर पर्ने गरी विज्ञापन प्रकाशित गरिएको भन्दै विश्वविद्यालयमा अध्यापनरत विभिन्न ६ प्राध्यापक संघ संगठनले आपत्ति जनाएका हुन् ।

उनीहरूले तीन महिने उपकुलपति प्राडा खड्ग केसीले मनोमानी निर्णय गरेको आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघले उपकुलपति कार्यालयमा तोडफोड गरेपछि पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानबाट काम गरिरहेका उपकुलपति केसीले गरेको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएका छन् । त्रिवि प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष प्राडा जगत पोखरेलले त्रिवि कार्यकारी परिषद्ले गरेको निर्णय तत्काल फिर्ता लिन माग गर्दै निर्णय फिर्ता नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।
त्रिवि सेवा आयोगले फास्ट ट्रयाकमार्फत १सय ३० जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ । त्यसमा स्थायी प्रक्रिया तत्काल अघि नबढाउन ६ प्राध्यायापक संघसंगठनले चेतावनी दिएका छन् । त्रिवि सेवा आयोगले पहिलोपटक १० जना प्राध्यापक, २० जना सहप्राध्यापक र सयजना उपप्राध्यापक गरी १ सय ३० जना प्राध्यापक नियुक्त गर्ने तयारी गरेको छ ।

नियुक्ति लिखित परीक्षा नभई अन्तर्वार्ताको आधारमा गर्ने तयारी गरेको कारण आंशिक प्राध्यापकले पनि सोही बुँदाको विरोध जनाउँदै तालाबन्दी गरेका हुन् ।त्रिविमा चार वर्षयता प्राध्यापकहरूको आवधिक बढुवाको विज्ञापन भएको छैन । वर्तमान नेतृत्वले प्राकृतिक सिद्धान्तअनुरूप कार्य नगरी स्वार्थको घेराबन्दीभित्र रही मनोगत रूपमा दरबन्दी सिर्जना गरेको उनीहरूको आरोप छ ।

त्रिविका रिक्त दरबन्दीको पदपूर्ति निश्चित मापदण्ड, आधार र पिरामिड खुल्ने गरी प्राध्यापकको पदोन्नति एवम् स्थायी प्रक्रिया तत्काल अघि बढाउन माग गरेका छन् । ती संघ संगठनले स्वार्थको घेराबन्दीभित्र रहेर विज्ञापन खोलेको आरोप लगाएका छन् । ती संघ संगठनले त्रिविको गैर जिम्मेवार कदमप्रति निन्दा गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register