आज रातिदेखि लागू हुने गरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

झापा, १ असार । नेपाल आयल निगमले सोमबारदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार [...] The post आज रातिदेखि लागू हुने गरी बढ्यो पेट्रोल र डिजेलको मूल्य appeared first on Jhapa Online.

Jun 15, 2025 - 17:48
 0
आज रातिदेखि लागू हुने गरी बढ्यो पेट्रोल र डिजेलको मूल्य

झापा, १ असार । नेपाल आयल निगमले सोमबारदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु १‍‍.४१ र डिजेलमा रु १.६७ ले बढेर आएको निगमले जनाएको छ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम भोलिदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु १ र डिजेल–मट्टितेलमा प्रति लिटर रु २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

The post आज रातिदेखि लागू हुने गरी बढ्यो पेट्रोल र डिजेलको मूल्य appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register