बागमतीको बजेट ६७ अर्ब ४७ करोड

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष  २०८२/०८३ का लागि आइतबार बजेट ल्याएको छ । आइतबार बागमती प्रदेशसभामा आर्थिक मामिलामन्त्री कुन्दन काफ्ले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । जसमा चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै आर्थिक मामिलामन्त्री काफ्लेले […]

Jun 15, 2025 - 17:50
 0
बागमतीको बजेट ६७ अर्ब ४७ करोड

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष  २०८२/०८३ का लागि आइतबार बजेट ल्याएको छ । आइतबार बागमती प्रदेशसभामा आर्थिक मामिलामन्त्री कुन्दन काफ्ले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे ।

जसमा चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै आर्थिक मामिलामन्त्री काफ्लेले पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार बजेट विनियोजन गरेको बताए ।

कुल बजेटको ३८.६ प्रतिशत चालुतर्फ विनियोजन गरिएको छ, भने पुँजीगततर्फ ६१.४ प्रतिशत रहेको छ । आयको स्रोत आन्तरिक राजस्व, विविध र संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणबाट जुटाइने मन्त्री काफ्लेले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register