प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । विपक्षीहरूले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरे भने सत्ता पक्षका सांसदले पक्षमा मतदान गरेका […]

May 11, 2025 - 10:52
 0
प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

विपक्षीहरूले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरे भने सत्ता पक्षका सांसदले पक्षमा मतदान गरेका छन् ।

निर्णयाथ प्रस्तुत हुनुअघि नीति तथा कार्यक्रममाथि वैशाख २२, २३, २४, २५, २६ र २८ गते छलफल भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register