एयर इन्डिया विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

एजेन्सी। भारतको गुजरातस्थित अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त एयर इन्डिया विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि आइतबार भेटिएको छ । जहाज दुर्घटनापूर्वको जहाजभित्रको जानकारी राख्ने दुबै ‘ब्ल्याक बक्स’ भेटिएको प्रधानमन्त्री नरेन्द्र मोदीका वरिष्ठ सहयोगी पिके मिश्रले पु्ष्टि गरेका छन् । यसअघि गत शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको थियो । अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको […]

Jun 15, 2025 - 17:55
 0
एयर इन्डिया विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

एजेन्सी।

भारतको गुजरातस्थित अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त एयर इन्डिया विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि आइतबार भेटिएको छ । जहाज दुर्घटनापूर्वको जहाजभित्रको जानकारी राख्ने दुबै ‘ब्ल्याक बक्स’ भेटिएको प्रधानमन्त्री नरेन्द्र मोदीका वरिष्ठ सहयोगी पिके मिश्रले पु्ष्टि गरेका छन् ।

यसअघि गत शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको थियो ।

अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा चालक दलकासदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रुपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए ।

प्रहरी उपप्रमुख कानन देसाईका अनुसार अहिलेसम्म २७९ जनाको शव गणना गरिएको र ४७ जनाको शव पहिचान गरिएको छ । विमान दुर्घटना भएको घटनास्थलमा कम्तीमा ३७ जना गैर यात्रीको मृत्यु भएको उनले जानकारी दिएका छन् । मृतकहरूको औपचारिक सङ्ख्या मृत शरीरको डिएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register