बिर्तामोडको सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे

बिर्तामोड, १ असार । बिर्तामोड नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे सम्पन्न भएको छ । ५ सय ४९ मिटर सडक क्षेत्रमा कालोपत्रे सम्पन्न भएको हो । यसको चौडाई ९ मिटर छ । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरको भ्याट बाहेक ६० लाख ५७ हजार रुपैयाँमा [...] The post बिर्तामोडको सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे appeared first on Jhapa Online.

Jun 15, 2025 - 17:57
 0
बिर्तामोडको सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे

बिर्तामोड, १ असार । बिर्तामोड नगरपालिका वडा नम्बर २ र ३ मा पर्ने सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे सम्पन्न भएको छ ।

५ सय ४९ मिटर सडक क्षेत्रमा कालोपत्रे सम्पन्न भएको हो । यसको चौडाई ९ मिटर छ । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरको भ्याट बाहेक ६० लाख ५७ हजार रुपैयाँमा उक्त सडक कालोपत्रे गरिएको हो । माइ नगरपालिका ३ इलामको आचार्य कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो ।

विभिन्न दुई वटा ठेक्का मार्फत उक्त सडक निर्माण गरिएको हो । यस अघि उक्त सडकमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय ईटहरीको भ्याट बाहेक ५८ लाख ६९ हजार ५३० रुपैयाँमा प्लम तथा सव बेसको काम भएको थियो । ओजस इन्जिनियरिङ सोलुसन प्रालिले बैशाख ३० गते अघि काम सम्पन्न गरेको थियो ।

चालु आर्थिक वर्षमा बिर्तामोड नगरपालिका भित्र भौतिक तथा पूर्वाधारका क्षेत्रमा साना ठुला दर्जनौ योजनाहरु सञ्चालनमा छन् ।

The post बिर्तामोडको सूर्यनगरबाट गोकुल जोशी मार्ग जोड्ने सडकमा कालोपत्रे appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register