कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

झापा, १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले आज बसेको प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको आय व्यय बजेट सार्वजनिक गर्नुभएको हो । कुल विनियोजन बजेटमध्ये चालुतर्फ [...] The post कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख appeared first on Jhapa Online.

Jun 15, 2025 - 18:12
 0
कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

झापा, १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले आज बसेको प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको आय व्यय बजेट सार्वजनिक गर्नुभएको हो ।

कुल विनियोजन बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७ दशमलव ७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु. १० करोड अर्थात् ०.३ प्रतिशत रहेको छ ।

यो अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको छ ।

बजेटले कोशी प्रदेशको पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, उद्योग तथा ऊर्जा उत्पादनको लगायतका क्षेत्रको विकासलाई जोड दिएको छ ।

The post कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register