ठमेलमा प्रहरी कुट्ने अनेरास्ववियुका नेता धरौटी बुझाएर रिहा

काठमाडौं । ठमेलमा प्रहरी कुट्ने नेकपा एमालेको विद्यार्थी सङ्गठन (अनेरास्ववियु) का नेताहरु नेताहरू धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जना नेतालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना रिहा भएको प्रहरी वृत्त दरबारमार्गले जनाएको छ । अदालतले अनेरास्ववियु स्थायी कमिटी […]

Feb 24, 2025 - 13:52
 0
ठमेलमा प्रहरी कुट्ने अनेरास्ववियुका नेता धरौटी बुझाएर रिहा

काठमाडौं । ठमेलमा प्रहरी कुट्ने नेकपा एमालेको विद्यार्थी सङ्गठन (अनेरास्ववियु) का नेताहरु नेताहरू धरौटी बुझाएर रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जना नेतालाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना रिहा भएको प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।

अदालतले अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई   जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।  यस्तै अदालतले रमेश फुलारालाई भने  १५ हजार धरौटीमा छाड्न आदेश दिएको हो।

सो समूहबाट २४ माघको राति ड्यूटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register