रास्वपाले संसद् बैठकमा गृहमन्त्रीलाई उनकै पुराना तर्क सम्झाउँदै राजीनामा माग्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकलाई उनकै पुराना तर्क सम्झाउँदै राजीनामा माग्ने भएको छ । यसअघि लेखकले आफ्ना सभापति रवि लामिछानेलाई आरोपकै आधारमा राजीनामा मागेको स्मरण गराउने निर्णय भएको कार्यवाहक प्रवक्त मनीष झाले बैठकपछि जानकारी दिए । ‘एक वर्षअघि उहाँले हाम्रा सभापतिमाथि प्रश्न उठ्दा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने […]

May 26, 2025 - 15:10
 0
रास्वपाले संसद् बैठकमा गृहमन्त्रीलाई उनकै पुराना तर्क सम्झाउँदै राजीनामा माग्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकलाई उनकै पुराना तर्क सम्झाउँदै राजीनामा माग्ने भएको छ ।

यसअघि लेखकले आफ्ना सभापति रवि लामिछानेलाई आरोपकै आधारमा राजीनामा मागेको स्मरण गराउने निर्णय भएको कार्यवाहक प्रवक्त मनीष झाले बैठकपछि जानकारी दिए ।

‘एक वर्षअघि उहाँले हाम्रा सभापतिमाथि प्रश्न उठ्दा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभएको थियो । उहाँलाई भोलि हामी त्यही सम्झाउन चाहन्छौं,’ संसदीय दलको बैठकको निर्णय सुनाउँदै उनले भने ।

अरुलाई नैतिकताको पाठ सिकाउनेले अहिले आफूलाई पनि यस्तै आरोप लाग्दा निशर्त राजीनामा दिनुपर्ने भन्दै झाले गृहमन्त्री लेखकलाई सम्झाए ।

संसदीय दलको बैठकमा मंगलबारको संसद् बैठकमा गृहमन्त्रीबारे कसरी प्रस्तुत हुने भन्नेबारे विस्तृत छलफल भएको जानकारी दिँदै उनले थपे, ‘हामीसँग भएको सूचना र प्रमाणका आधारमा पछिल्लो पटक गृहमन्त्री लेखकको बारेमा भिजिट भिसाका विषयमा आएका विषयवस्तुबारे प्रश्न गर्नेछौं ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register