संसद्को अवरोधबारे सभामुखले गरे गृहमन्त्री लेखकसँग छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री लेखकको राजीनामा माग गरी संसद् अवरोध गर्दै आएका छन् । विपक्षीको अवरोधका बीच पनि प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफल भएको छ । प्रमुख विपक्षी दल […]

Jun 17, 2025 - 08:58
 0
संसद्को अवरोधबारे सभामुखले गरे गृहमन्त्री लेखकसँग छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री लेखकको राजीनामा माग गरी संसद् अवरोध गर्दै आएका छन् । विपक्षीको अवरोधका बीच पनि प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफल भएको छ ।

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसँग दुईबुँदे सहमतिपछि सभामुख देवराज घिमिरेले विरोधका बीच संसद् चलाइरहेका छन् । आज गृहमन्त्री लेखकसँग सभामुख घिमिरेले दुईबुँदे सहमति कार्यान्वयन र रास्वपाको मागलगायतका विषयमा सिंहदरबारमा छलफल गरेका हुन् । सभामुखले संसद् भवनमा रास्वपासँग पनि छलफल गर्दै छन् ।

एक बजे प्रतिनिधिसभाको बैठक बस्ने भनिए पनि साढे एक बजेसम्म बैठक सुरु हुन सकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register