रवि पक्षको बहस जारी, आजै आदेश आउने सम्भावना प्रबल

काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका तर्फबाट बहस सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा लामिछानेको तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस गरिरहेका छन् । सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार अदालतमा जाहेरवाला र सरकारी वकिलको बहस सकिएको थियो । समय अभाव भएकाले प्रतिवादीको […]

Jan 15, 2025 - 05:38
 0
रवि पक्षको बहस जारी, आजै आदेश आउने सम्भावना प्रबल

काठमाडौं । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका तर्फबाट बहस सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतमा लामिछानेको तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस गरिरहेका छन् ।

सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

सोमबार अदालतमा जाहेरवाला र सरकारी वकिलको बहस सकिएको थियो । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने बहस हुन पाएको थिएन । मङ्गलबार सार्वजनिक बिदा भएकाले बहस हुन सकेन । यसर्थ सोमबारको बहसलाई आज निरन्तरता दिइएको हो ।

लामिछाने तर्फका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

लामिछानेलाई हिरासतमुक्त गर्ने वा थुनामा राख्ने भन्ने आदेश आजै आउने प्रबल सम्भावना छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम सङ्गठित तवरले ठगी गरेको अभियोगमा लामिछानेविरुद्ध मुद्दा दायर भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register