एमालेमा उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने तयारीले तरंग

झापा, ३ असार । नेकपा एमालेमा उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने तयारीले तरंग उत्पन्न भएको छ । एमालेको विधानमा कुनै पनि तहको नेतृत्वका लागि उमेर हद र लगातार दुई कार्यकालपछि तेस्रोपटक दोहोरिन नपाउने प्रावधान छ । तर, २०८० जेठको पहिलो साता केन्द्रीय समितिको बैठक राखेर एमालेले ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था तत्कालका लागि [...] The post एमालेमा उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने तयारीले तरंग appeared first on Jhapa Online.

Jun 17, 2025 - 02:31
 0
एमालेमा उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने तयारीले तरंग

झापा, ३ असार । नेकपा एमालेमा उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने तयारीले तरंग उत्पन्न भएको छ ।

एमालेको विधानमा कुनै पनि तहको नेतृत्वका लागि उमेर हद र लगातार दुई कार्यकालपछि तेस्रोपटक दोहोरिन नपाउने प्रावधान छ । तर, २०८० जेठको पहिलो साता केन्द्रीय समितिको बैठक राखेर एमालेले ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था तत्कालका लागि निलम्बन गरेको थियो । नेकपा एकीकृत समाजवादी पार्टीबाट एमालेमा फर्केका मुकुन्द न्यौपाने लगायतका नेतालाई सहज बनाउन उमेर हदको व्यवस्था निलम्बन गरिएको नेताहरूको भनाइ थियो।

तर, त्यसको दुई वर्ष नाघिसक्दा पनि सो प्रावधान फुकुवा गरिएको छैन । उमेर हद र दुई कार्यकाल सम्बन्धी दुवै प्रस्ताव अध्यक्ष केपी शर्मा ओली भएको उपाध्यक्ष सुरेन्द्र पाण्डे बताउँछन् । जसलाई २०७८ असोजमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको थियो । उमेर हद हटिसकेको र अब कार्यकाल सम्बन्धी व्यवस्था समेत हटाउने गृहकार्य भइरहेको सूचना पाएपछि एमालेका एकथरी नेताहरू झस्किएका छन् । उनीहरू यसका विरुद्ध बोल्न पनि थालेका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानको व्यवस्था सम्झाउँदै उमेर हद र कार्यकालसम्बन्धी व्यवस्था हटाउन नहुने पक्षमा उभिएका छन् । उपमहासचिव प्रदीप ज्ञवाली भने यी विषय प्राविधिक मात्र भएकाले अध्यक्ष ओलीलाई काम गर्न दिनुपर्ने राय राख्छन् । यी दुई विषय एमालेभित्र पेचिलो बन्दै गएको छ । यसमा नेताहरू नै विभाजित हुन थालेका छन् ।

७० वर्षे उमेर हद कायम रहे अब एमालेका १८ पदाधिकारीमध्ये अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली र उपाध्यक्ष रामबहादुर थापा उम्मेदवार नै बन्न पाउने छैनन् । तेस्रोपटक अध्यक्ष बन्ने अप्ठेरो पारेपछि ओली विधान महाधिवेशनबाट त्यसलाई हटाउने वा संशोधन गर्ने गृहकार्यमा छन् । त्यसबारे उनले सार्वजनिक रूपम बोलिसकेका छन् ।

आगामी भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनले यसबारे निर्णय लिनेछ ।

The post एमालेमा उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने तयारीले तरंग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register