गिलको कप्तानीमा नयाँ युग सुरुवातको अपेक्षा, इंग्ल्यान्डमा भारतको कठिन परीक्षा

काठमाडौं । युवा र कम अनुभवी भारतीय टेस्ट टोली कप्तान शुभमन गिलको नेतृत्वमा यस हप्ता घरेलु टोलीविरुद्धको कठिनतम परीक्षा दिन इंग्ल्यान्ड पुगेको छ । पाँच टेस्टको यो शृंखला लिड्सस्थित हेडिङ्ले मैदानबाट यही जुन २० मा सुरु हुँदैछ । यो विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को चौथो चक्रको आरम्भ हो र नव नामकरण गरिएको ‘तेन्दुलकर–एन्डरसन ट्रफी’को पहिलो […]

Jun 17, 2025 - 10:28
 0
गिलको कप्तानीमा नयाँ युग सुरुवातको अपेक्षा, इंग्ल्यान्डमा भारतको कठिन परीक्षा

काठमाडौं । युवा र कम अनुभवी भारतीय टेस्ट टोली कप्तान शुभमन गिलको नेतृत्वमा यस हप्ता घरेलु टोलीविरुद्धको कठिनतम परीक्षा दिन इंग्ल्यान्ड पुगेको छ । पाँच टेस्टको यो शृंखला लिड्सस्थित हेडिङ्ले मैदानबाट यही जुन २० मा सुरु हुँदैछ ।

यो विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को चौथो चक्रको आरम्भ हो र नव नामकरण गरिएको ‘तेन्दुलकर–एन्डरसन ट्रफी’को पहिलो प्रतियोगिता पनि हो । जो रोमाञ्चक र चुनौतीपूर्ण प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

भारतले पछिल्लो पटक सन् २०२१ मा न्युजिल्यान्डसँग र २०२३ मा अस्ट्रेलियासँग डब्लुटीसी फाइनलमा पराजय भोगेको थियो । इंग्ल्यान्ड भने अहिलेसम्म फाइनलमै पुग्न सकेको छैन । यसपटकको विजयी सुरुवात दुवै टोलीका लागि नयाँ आशाको ढोका बन्न सक्छ ।

पछिल्लो श्रृंखलामा भारतले घरेलु मैदानमा इंग्ल्यान्डलाई ४–१ ले पराजित गरेको थियो, तर ती स्पिन–अनुकूल पिचहरू थिए । इंग्ल्यान्डको स्विङ्ग र सिम अनुकूल वातावरणमा भारतीय ब्याट्सम्यानहरूको धैर्य, प्रविधि र मानसिकता सबैको परीक्षा हुनेछ ।

इंग्ल्यान्डको ‘बाजबल’ युग – कप्तान बेन स्टोक्स र प्रशिक्षक ब्रेन्डन म्याककलमको नेतृत्वमा छ । केहीको नजरमा विवादास्पद भए पनि नतिजा सकारात्मक नै छ । सन् यो टाली २०२२ यता घरेलु श्रृंखलामा पराजित भएको छैन, प्रायः टेस्ट खेलहरू जितेको छ ।

तर भारतको तर्फबाट अवस्था सहज छैन । हालैका पराजय, चोट, पूर्वाधार र प्रमुख खेलाडीहरूको अवकाशले टोलीलाई ठूलो दबावमा राखेको छ । भारतले सन् १९३२ मा पहिलो पटक लड्र्समा टेस्ट खेलेपछि १८ पटक इंग्ल्यान्ड भ्रमण गरेको छ, तर केवल तीनपटक (१९७१, १९८६, २००७) मात्र श्रृंखला जितेको छ । चारपटक त शून्यका विरुद्ध ह्वाइटवास नै व्यहोरेको छ ।

यो श्रृंखलामा भारत आफ्ना चार महत्वपूर्ण खेलाडी बिना मैदानमा उत्रिँदैछ— तीन हुन् रविचन्द्रन अश्विन, रोहित शर्मा, विराट कोहली र मोहम्मद शमी । अश्विनले अष्ट्रेलियासँगको श्रृंखलाको बीचमै सन्यास लिए, रोहित र कोहलीले पनि इंग्ल्यान्ड भ्रमण टोली घोषणा हुनु केही दिनअगाडि नै टेस्टबाट सन्यास घोषणा गरेका थिए ।

शर्माको अनुपस्थितिले नेतृत्वको जिम्मा शुभमन गिलको काँधमा आएको हो । उपकप्तान जसप्रीत बुमराह फिटनेसको विषयमा अनिश्चित भएपछि गिललाई कप्तान बनाइएको बताइएको छ ।

बुमराह पूर्णरूपमा फिट हुँदा विश्वकै उत्कृष्ट फास्ट बलर हुन्, तर चोट वा अन्य कारणले उनले खेल्न नसकेमा भारतीय टोलीको सन्तुलन बिग्रन सक्छ । भारतसँग मोहम्मद सिराज, शार्दुल ठाकुर, प्रसिद्ध कृष्ण, अर्शदीप सिंह र नितिश रेड्डीजस्ता तीव्र बलरहरू छन्, तर बुमराहजस्तो जस्तो प्रभुत्व कसैसँग छैन ।

स्पिनमा रवीन्द्र जडेजा र कुलदीप यनदवको जोडीलाई वासिङ्टन सुन्दरको सम्भावनाले साथ दिइरहेको छ । तर चिन्ता बढी ब्याटिङतर्फ छ । शर्मा–कोहली जस्ता अनुभवी खेलाडीको अनुपस्थितिले १९० टेस्टको अनुभव हराएको छ ।

यशस्वी जैसवाल नयाँ आशाका रूपमा उदाएका छन् भने केएल राहुल अझै पनि एक सक्षम खेलाडीका रूपमा उपस्थित छन् । घरेलु क्रिकेटमा शानदार प्रदर्शन गरेका साई सुदर्शन, अभिमन्यु ईश्वरनले टोलीमा स्थान बनाएका छन् भने करुण नायरलाई पुनः मौका दिइएको छ ।

यी सबै नयाँ अनुहार भए पनि भारतलाई जिताउने जिम्मा मुख्यतः ऋषभ पन्त र कप्तान गिलको ब्याटमा हुनेछ ।

गिलको कप्तानी केबल प्रदर्शनमा मात्र नभई उनको नेतृत्व क्षमता र प्रेरणामा पनि आँकलन गरिनेछ । प्रशिक्षक गौतम गम्भीर पनि गत सिजन न्युजिल्यान्ड र अष्ट्रेलियासँगको हारपछि दबावमा छन् ।

भारतीय क्रिकेट अहिले संक्रमणको मोडमा छ । सन् १९७१ मा चयनकर्ता विजय मर्चेन्टले मन्सुर अली खान पटौडीलाई हटाएर अजित वाडेकरलाई कप्तान नियुक्त गर्दा पनि भारतले पहिलोपटक वेस्ट इन्डिज र इंग्ल्यान्ड दुवैमा जित हात पारेको थियो ।

२५ वर्षीय शुभमन गिलसँग अहिले त्यस्तै एक ऐतिहासिक क्षण निर्माण गर्ने अवसर छ — नयाँ युगको नयाँ कप्तानले नयाँ अध्याय लेख्ने अवसर आएको छ । बीबीसीबाट साभार

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register