नेपाली बलरसामु निरीह बन्यो स्कटल्यान्ड, ९७ रनमै अलआउट

काठमाडौं । त्रिदेशीय टी–२० आई क्रिकेट श्रंखलाअन्तर्गतको जारी खेलमा नेपाली बलरहरूसामु स्कटल्यान्ड निरीह बनेको छ । स्कटल्यान्ड ९७ रनमै अलआउट भएको छ । स्कटल्यान्डको ग्लासगोवमा घरेलु टोलीले सुरुवाती ओभरदेखि नै विकेट गुमाउन सुरु गरेको थियो । त्यो क्रम जारी रह्यो । यस क्रममा नेपालका सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । उनले २.७५ को इकोनमीमा […]

Jun 17, 2025 - 16:38
 0
नेपाली बलरसामु निरीह बन्यो स्कटल्यान्ड, ९७ रनमै अलआउट

काठमाडौं । त्रिदेशीय टी–२० आई क्रिकेट श्रंखलाअन्तर्गतको जारी खेलमा नेपाली बलरहरूसामु स्कटल्यान्ड निरीह बनेको छ । स्कटल्यान्ड ९७ रनमै अलआउट भएको छ ।

स्कटल्यान्डको ग्लासगोवमा घरेलु टोलीले सुरुवाती ओभरदेखि नै विकेट गुमाउन सुरु गरेको थियो । त्यो क्रम जारी रह्यो ।

यस क्रममा नेपालका सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । उनले २.७५ को इकोनमीमा बलिङ गरे । यो टी–२० मा धेरै नै शानदार बलिङ हो ।

यस्तै दुई विकेट लिएका करण केसी टी–२० आईमा १०० विकेट लिने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

यस्तै दीपेन्द्रसिंह ऐरीले पहिलो र अन्तिम विकेट लिए । उनले १९.४ ओभरमा विकेट लिएर स्कटल्यान्डलाई अलआउट गराए ।

यसैगरी ललित राजवंशीले एक विकेट लिए ।

स्कटल्यान्डका लागि मिचेल लेक्सले सर्वाधिक ४६ रन बनाउनबाहेक अन्य ब्याटरले १५ रन कटाउन सकेनन् ।

बलिङमा शानदार प्रदर्शन गरेसँगै नेपालले मात्र ९८ रनको लक्ष्य पाएको छ । यो जित्नलाई धेरै सहज लक्ष्य हो ।

यसअघि सोमबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग सुपर ओभरमा पराजित भएको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register