विश्वकप विजेता दुई खेलाडीले गोल गरेपछि इन्टर र मोन्टेरीले बराबरी खेले

क्यालिफोर्निया । अमेरिकामा जारी क्लब विश्वकप फुटबलमा इटालियन क्लब इन्टर मिलान मेक्सिकन क्लब मोन्टेरीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग फाइनलमा हार व्यहोरेपछि पहिलोपटक मैदान उत्रेको इन्टरका लागि यो क्लब विश्वकपमा निराशाजनक सुरुवात रह्यो । मोन्टेरीका लागि अनुभवी स्पेनिस डिफेन्डर सर्जियो रामोसले पहिलो हाफको २५ औँ मिनेटमै शानदार हेड गोल गर्दै टिमलाई अग्रता […]

Jun 18, 2025 - 06:53
 0
विश्वकप विजेता दुई खेलाडीले गोल गरेपछि इन्टर र मोन्टेरीले बराबरी खेले

क्यालिफोर्निया । अमेरिकामा जारी क्लब विश्वकप फुटबलमा इटालियन क्लब इन्टर मिलान मेक्सिकन क्लब मोन्टेरीसँग १–१ गोलको बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग फाइनलमा हार व्यहोरेपछि पहिलोपटक मैदान उत्रेको इन्टरका लागि यो क्लब विश्वकपमा निराशाजनक सुरुवात रह्यो ।

मोन्टेरीका लागि अनुभवी स्पेनिस डिफेन्डर सर्जियो रामोसले पहिलो हाफको २५ औँ मिनेटमै शानदार हेड गोल गर्दै टिमलाई अग्रता दिलाए । उक्त गोलले बुधबार बिहान दक्षिण क्यालिफोर्नियामा रहेका प्रो–मेक्सिको समर्थकलाई झन् उत्साहित बनायो । यो खेल मोन्टेरीका प्रशिक्षक डोमेनक टोरेन्टको डेब्यू पनि थियो ।

इन्टरका कप्तान लुटारो मार्टिनेजले खेलको ४२औँ मिनेटमा कार्लोस अगस्टोको उत्कृष्ट पासमा ट्याप–इन गोल गर्दै बराबरी गोल फर्काए । तर त्यसपछि निरन्तर बल पोजेसन (६२ प्रतिशत)मा रहे पनि इन्टरले निर्णायक गोल गर्न सकेन । मोन्टेरीले भने खेलभरि जम्मा एकपल्ट मात्र पोष्टमा सट हानेको थियो ।

इन्टरका नयाँ प्रशिक्षक क्रिस्टियन चिभुको पनि यो डेब्यू खेल थियो । उनी क्लबका पूर्वडिफेन्डरसमेत हुन् र क्लबले सिमोने इन्जागीको स्थानमा उनलाई ल्याएको हो । चिभुले च्याम्पियन्स लिग फाइनल खेलेका ११ मध्ये ७ खेलाडीलाई मात्र सुरुवाती रोजाइमा राखेका थिए ।

खेलको ६८औँ मिनेटमा अर्जेन्टाइन स्ट्राइकर मार्टिनेजले दोस्रो पटक बलले जाली चुमाएका थिए । तर अफसाइडका कारण त्यो रद्द गरियो । अन्तिम मिनेटमा दुवै टिमले गोल गर्ने राम्रो मौका गुमाए । अन्त्यतिर मार्टिनेजले पहेँलो कार्डसमेत पाए ।

इन्टरका युवा स्ट्राइकर सेबास्टियानो एस्पोसिटो तीन वर्षपछि क्लबको लागि पहिलोपटक सुरुवातत गरेका थिए । उनलाई दोस्रो हाफमा चोटग्रस्त मार्कुस थुरामले प्रतिस्थापन गरेका थिए ।

इन्टर र मोन्टेरीको खेलमा एउटा संयोग भने बनेको छ । गोल गर्दै दुवै विश्वकप विजेता खेलाडी हुन् । रामोससहितको स्पेनले सन् २०१० मा विश्वकप जितेको थियो । मार्टिनेजसम्मिलित अर्जेन्टिना विश्वकपको साविक विजेता हो ।

यो बराबरीले दुवै टोलीलाई घाटा भएको छ । अर्को चरण प्रवेशका लागि बाँकी खेलहरूमा दुवैका लागि जित आवश्यक पर्नेछ ।

फिफा क्लब विश्वकप : रिभर प्लेट विजयी हुँदा डर्टमुन्ड बराबरीमा

 

 

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register