बिग बासको ड्राफ्टमा विपिनसहित नेपालका ६ खेलाडी

काठमाडाै‌ं । अष्ट्रेलियाको प्रतिष्ठित टी–२० फ्रेन्चाइज क्रिकेट लिग बिग ब्यास (बीबीएल)को ड्राफ्टमा यसपाली नेपालका ६ जना खेलाडी पनि समावेश भएका छन् । जसमा १६ वर्षीय बलर विपिन शर्मासमेत समावेश छन् । विपिन तिनै खेलाडी हुन् जसले गत संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । यसपछि उनी नेपालको यू–१९ टोलीमा […]

Jun 18, 2025 - 07:41
 0
बिग बासको ड्राफ्टमा विपिनसहित नेपालका ६ खेलाडी

काठमाडाै‌ं । अष्ट्रेलियाको प्रतिष्ठित टी–२० फ्रेन्चाइज क्रिकेट लिग बिग ब्यास (बीबीएल)को ड्राफ्टमा यसपाली नेपालका ६ जना खेलाडी पनि समावेश भएका छन् ।

जसमा १६ वर्षीय बलर विपिन शर्मासमेत समावेश छन् । विपिन तिनै खेलाडी हुन् जसले गत संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । यसपछि उनी नेपालको यू–१९ टोलीमा समावेश भए । गत अप्रिलमा घरेलु मैदानमा भएको अफगानिस्तानविरुद्धको श्रृंखालामा विपिनले ४ विकेट लिएका थिए ।

साथै उनले भर्खरै सुर्खेतमा भएको यू–१६ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि कप्तानीसहित उत्कृष्ट प्रदर्शन गरेका थिए ।

क्रिकेट अष्ट्रेलियाले सार्वजनिक गरेको नामावलीमा नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछाने पनि छन् । सन्दीपले यसअघि दुई सिजन बिग बास खेलिसकेका छन् ।

ट्राफ्टमा शेर मल्ल, अर्जुन साउद, देव खनाल र आरिफ शेखको पनि नाम छ ।

बिग बासको ड्राफ्टमा नेपालका ६ सहित विभिन्न देशका ४४० खेलाडी समावेश छन् । बिग बास खेल्ने ८ वटा फ्रेन्चाइज टिमले यही सूचीबाट खेलाडी छान्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register