कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणः बैंकका तत्कालीन वित्त प्रमुख पक्राउ, अरु आरोपी खोज्दै सीआईबी ! 

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार ठकुरीलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो । पक्राउ परेका ठकुरीलाई हाल बाँकेमा राखिएको छ ।  यसो त यसअघि सोही प्रकरणमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ […]

Jun 18, 2025 - 08:02
 0
कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणः बैंकका तत्कालीन वित्त प्रमुख पक्राउ, अरु आरोपी खोज्दै सीआईबी ! 

काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार ठकुरीलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो । पक्राउ परेका ठकुरीलाई हाल बाँकेमा राखिएको छ । 

यसो त यसअघि सोही प्रकरणमा बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरिएको थियो । उनी भारतको लखनउमा अपार्टमेन्ट भाडामा लिएर बसेका थिए । रायलाई सीआईबीकै टोलीले पक्राउ गरेर नेपाल ल्याएको थियो । 

योसँगै कर्णाली डेभलपमेन्ट बैंकमा भएको २ अर्ब ५० करोड रुपैयाँ हिनामिना प्रकरणमा दुईजना पक्राउ परेका छन् । हाल उनीहरुमाथि सीआईबीले थप अनुसन्धान गरिरहेको छ । घोटालामा अन्यको पनि संलग्नता देखिएको र उनीहरुको समेत खोजीकार्य भइरहेको सीआईबीका एक अधिकारीले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register