त्रियुगाको दूर्गम वडामा सिंचाई कुलो निर्माण

उदयपुर । त्रियुगा नगरपालिका–१६ स्थित भोर्लेमा सिंचाई कुलो निर्माण सम्पन्न भए पछि आज उद्घाटन गरिएको छ । भोर्ले खोलादेखि ७ सय ८ मिटर आरसीसी कुलो निर्माण सम्पन्न भएपछि एक कार्यक्रमका बीच त्रियुगा नगरपालिका नगर प्रमुख बसन्त बस्नेतले कुलोमा पानि छाडेर उद्घाटन गर्नु भएको हो । स्विस सरकारको ३० प्रतिशत, संघिय,प्रदेश र स्थानीय सरकारको २०, २० […]

Jun 19, 2025 - 07:18
 0
त्रियुगाको दूर्गम वडामा सिंचाई कुलो निर्माण

उदयपुर ।

त्रियुगा नगरपालिका–१६ स्थित भोर्लेमा सिंचाई कुलो निर्माण सम्पन्न भए पछि आज उद्घाटन गरिएको छ । भोर्ले खोलादेखि ७ सय ८ मिटर आरसीसी कुलो निर्माण सम्पन्न भएपछि एक कार्यक्रमका बीच त्रियुगा नगरपालिका नगर प्रमुख बसन्त बस्नेतले कुलोमा पानि छाडेर उद्घाटन गर्नु भएको हो ।

स्विस सरकारको ३० प्रतिशत, संघिय,प्रदेश र स्थानीय सरकारको २०, २० प्रतिशत गरि ९० प्रतिशत र स्थानीय जनसहभागीता १० प्रतिशत गरि ३० करोड ७६ लाखमा आरसीसी कुलो निर्माण गरिएको हो ।

सिंचाई कुलो निर्माण भए पश्चात भोर्ले गाउका १८ घर परिवारको करिव १ सय १२ रोपनी जग्गामा सिंचाई पुग्ने भएको छ । आरसीसी सिंचाई कुलो संचालनमा आएपछि स्थानीय तेज बहादुर सिदाल मगरले अव आउने दिनमा सोचे अनुसार खेतीबाट उब्जनी हुने बताउनु भयो ।

जसोतसो खनेर बनाएको कुलोले खेतमा सिंचाई गर्न बाध्य थियौ स्थानीय मगरले भन्नुभयो , माटोको कुलो बाढी आउँदा बगाउने अनि बनाउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर ठाउँठाउँमा कुलो भत्किने र पानी चुहिने कारणले गर्दा खोलाबाट फर्काएको पानी खेतीसम्म नआइ पुग्दा सास्ती थियो अव ढुक्क भयो, अव सोचे अनुसार खेतीबाट उब्जनी हुन्छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त बस्नेतले नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सिचाई योजना अपरिहार्य भएकाले स्विस सरकार सहित संघ र प्रदेशमा आग्रह गरेर आरसीसी कुलो निर्माण गरिएको बताउनु भयो । नगर प्रमुख बस्नेतले सिचाईलाई व्यवस्थित बनाउदै नगरपालिकालाई कृषिमा आत्मा निर्भारा बनाउने योजना नगरपालिकाको रहेको बताउनु भयो ।

नगर उप प्रमुख महेश्वरी राईले आरसीसी सिंचाईकुलो टिकाउ र दीर्घकालीन भएको हुँदा यसले समग्र भोर्ले बासीको आर्थिकस्तर बृद्धि गर्न मद्धत पुग्ने विश्वास ब्यक्त गर्नु भयो । यस्तै वडा अध्यक्ष मान बहादुर राईले गुणस्तरीय र समयमा काम सम्पन्न गरेकोमा उपभोक्ता समितिलाई धन्यबाद दिनु भयो ।

नगरपालिकाले वडा नं १६ लाई कृषिमा लगानी गरि रहेको र यसमा थप नगरपालिकाका पहाडी वडा १४ , १५ र १६ लाई कफी जोनको रुपमा बिकास गर्ने भएका कारण यसको सम्पूर्ण १६ नं वडाका कृषकले उपयोग गर्नु पर्ने बताउनु भयो । उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईराला लगायत स्थानीय लाभग्राही हरुको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register