इरानका विदेशमन्त्रीले शीर्ष युरोपेली कूटनीतिज्ञहरूसँग भेट्ने

काठमाडौं । इरानको विदेशमन्त्री अब्बास अरागचीले युरोपेली देशका समकक्षीहरुसँग भेट्ने भएका छन् । इरानको सरकारी समाचार एजेन्सी IRNA अनुसार अरागचीले शुक्रबार जेनेभामा बेलायती, फ्रान्सेली र जर्मन समकक्षीहरू साथै युरोपेली संघको शीर्ष कूटनीतिज्ञसँग भेट्ने योजना रहेको छ । यो बैठक तीन युरोपेली देशहरूको अनुरोधमा भएको उनले बताए । अमेरिका इरानमाथि सैन्य आक्रमणको तयारीमा रहेको बताइएको छ […]

Jun 19, 2025 - 12:20
 0
इरानका विदेशमन्त्रीले शीर्ष युरोपेली कूटनीतिज्ञहरूसँग भेट्ने

काठमाडौं । इरानको विदेशमन्त्री अब्बास अरागचीले युरोपेली देशका समकक्षीहरुसँग भेट्ने भएका छन् ।

इरानको सरकारी समाचार एजेन्सी IRNA अनुसार अरागचीले शुक्रबार जेनेभामा बेलायती, फ्रान्सेली र जर्मन समकक्षीहरू साथै युरोपेली संघको शीर्ष कूटनीतिज्ञसँग भेट्ने योजना रहेको छ ।

यो बैठक तीन युरोपेली देशहरूको अनुरोधमा भएको उनले बताए ।

अमेरिका इरानमाथि सैन्य आक्रमणको तयारीमा रहेको बताइएको छ । वाल स्ट्रीट जर्नलका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि आक्रमण योजनालाई स्वीकृति दिए पनि अन्तिम आदेश भने रोकेको जनाइएको छ ।

यसबीच अरागचीले युरोपेली देशका समकक्षीहरुसँग भेट्न लागेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register