मेटमणी चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी, ५ करोड ५० लाखको चेक अनादर गरेको आरोप ! 

काठमाडौँ । एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा चेक अनादार गरेको आरोपमा जाहेरी परेको हो ।  दाङको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले पुष्टि गरेका छन् । उनका अनुसार चौधरीविरुद्ध हुलाकबाट जाहेरी आएको हो […]

Jun 19, 2025 - 12:20
 0
मेटमणी चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी, ५ करोड ५० लाखको चेक अनादर गरेको आरोप ! 

काठमाडौँ । एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा चेक अनादार गरेको आरोपमा जाहेरी परेको हो । 

दाङको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीविरुद्ध जाहेरी परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले पुष्टि गरेका छन् । उनका अनुसार चौधरीविरुद्ध हुलाकबाट जाहेरी आएको हो । 

चौधरीविरुद्ध हुलाकबाट आएको जाहेरीको भेरिफाई हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जाहेरीमा चौधरीले ५ करोड ५० लाखको चेक अनादर गरेको आरोप छ ।

प्रहरीमा जाहेरी कसले दियो ? जाहेरी कहाँबाट आएको हो ? भन्ने खुलाइएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register