बाढीपहिरोको जोखिम : आज झापासहित ५६ जिल्लामा सतर्कता अपनाउन सुझाव

झापा, ५ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज ९असार ५, बिहीबार० पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने अधिकांश नदीको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक [...] The post बाढीपहिरोको जोखिम : आज झापासहित ५६ जिल्लामा सतर्कता अपनाउन सुझाव appeared first on Jhapa Online.

Jun 19, 2025 - 05:41
 0
बाढीपहिरोको जोखिम : आज झापासहित ५६ जिल्लामा सतर्कता अपनाउन सुझाव

झापा, ५ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज ९असार ५, बिहीबार० पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

बाढी महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने अधिकांश नदीको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ।

आज पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, उदयपुर, सिराहा, धनुषा, महोत्तरी, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, पर्सा, चितवन, नवलपुरपूर्व, नवलपुरपश्चिम, गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रोल्पा, बाँके, बर्दिया, सुर्खेत, अछाम, दैलेख, दार्चुला, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने अधिकांश नदीमा बहाब सामान्य बढ्ने अनुमान रहेकाले उक्त जिल्लाका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

The post बाढीपहिरोको जोखिम : आज झापासहित ५६ जिल्लामा सतर्कता अपनाउन सुझाव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register