बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन चलाउन रोक

काठमाडौं । बीपी राजमार्गमा १५ दिनसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएको छ । बाढीपहिरोको जोखिम बढेको भन्दै काभ्रेको काभ्रेभन्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्म आज साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाउने भएको छ । शुक्रबार काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो […]

Jun 21, 2025 - 03:54
 0
बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन चलाउन रोक

काठमाडौं ।

बीपी राजमार्गमा १५ दिनसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएको छ ।

बाढीपहिरोको जोखिम बढेको भन्दै काभ्रेको काभ्रेभन्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्म आज साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाउने भएको छ । शुक्रबार काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

बैठकमा राजमार्ग अबरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्ने समस्या, उद्धारमा देखिने कठिनाइ र सडक सुचारु गर्न देखिने चुनौतीबारे ३ वटै जिल्लाका सुरक्षा निकाय तथा सडक डिभिजन कार्यालयका प्रतिनिधिहरूबीच छलफल भएको थियो । बैठकले संबन्धित निकायहरूले यात्रुहरूलाई समयमै जानकारी गराइने व्यवस्था मिलाउने, आवश्यक परेमा वैकल्पिक मार्गको व्यवस्था तथा आपतकालीन उद्धार टोली तयारी अवस्थामा राखिने निर्णय समेत गरेको छ ।

बाढीपहिरोका कारण बीपी राजमार्ग अवरुद्ध हुँदै आएको छ । गत असोजमा गएको बाढीपहिरोले बीपी राजमार्गको रोशी खोला खण्डमा ठूलो क्षति भएको थियो । यसैबीच, काठमाडौं उपात्यकाबाट बाहिरिने लामा तथा मध्यम दुरीका सवारी साधनले १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे सुचना लिने व्यवस्था गरिएको छ ।

नयाँ बसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ वटा स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोप ९बाढी–पहिरो०का साथै सडकको अवस्था बारे जानकारी दिइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register