नेपालको अनुरोधमा इरानमा रहेका नेपालीलाई भारतीय दूताबासले उद्धार गर्दै

काठमाडौं । इजरायल इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ । नेपाल सरकारको अनुरोधमा उनीहरुलाई इरानस्थित भारतीय दूताबासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गर्नुभएको […]

Jun 21, 2025 - 07:58
 0
नेपालको अनुरोधमा इरानमा रहेका नेपालीलाई भारतीय दूताबासले उद्धार गर्दै

काठमाडौं ।

इजरायल इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ । नेपाल सरकारको अनुरोधमा उनीहरुलाई इरानस्थित भारतीय दूताबासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री डा राणाले भन्नुभयो “इरानमा हाम्रा पनि सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरुले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरुलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नविन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ । हामीहरु उहाँहरुको सहयोगको प्रतिक्षामा छौँ ।”

केही दिनयता जारी इजरायल इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा राणाले भारत सरकारसँग सो आग्रह गर्नुभएको थियो । यस प्रयोजनका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको थियो ।

इरानस्थित भारतीय दूताबासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरुलाई सम्पर्क गरी भारतीय दूताबासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूताबासले पनि सो सूचना जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरु र इरानस्थित भारतीय दूतबासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहनुभएको छ ।

यससँगै भारतीय दूताबासले नेपाल र त्यहाँ स्थित श्रीलंकाली नागरिकहरुलाई पनि सम्पर्कमा आउन भनेको छ । १६ नेपालीमध्ये अध्यागमन सम्बन्धी कानुनका कारण पाँच जना नेपाली इरानी जेलमा रहेकाले उनीहरुलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register