मनसुन सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा बाढी र पहिरोले अवरोध कायमै

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शनिबार बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी र पहिरोको प्रभाव देखिएको छ । राजमार्ग पूर्ण रूपमा अवरोध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको नेपाल प्रहरीले […]

Jun 21, 2025 - 07:46
 0
मनसुन सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा बाढी र पहिरोले अवरोध कायमै

काठमाडौं ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शनिबार बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी र पहिरोको प्रभाव देखिएको छ । राजमार्ग पूर्ण रूपमा अवरोध भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा राजमार्ग सञ्चालनमा आएको नेपाल प्रहरीले जानकारी दिएका छन् ।

बिहान ११ बजे सम्म जारी गरिएको सुचनाको अनुसार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा बाढीका कारण महेन्द्र राजमार्ग पूर्णरुपमा अवरोध रहेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा घोराही रुकुम सहिद राजमार्ग र पाल्पाको तिनाउ गाउँपालिका–२ को सिद्धार्थ राजमार्ग पहिरोका कारण पूर्णरुपमा अवरोध रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register