धुम्रपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर वृद्धि

धुम्रपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर बढिरहेको छ । उनीहरूमा फरक प्रकृतिको फोक्सोको क्यान्सर देखा परेको हो । आखिर के कारणले यस्तो भइरहेको छ?

Jun 21, 2025 - 08:53
 0
धुम्रपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर वृद्धि

एजेन्सी । खोकीको शैली र बाक्लो खकारले मर्थालाई हैरानी बनायो । स्वास्थ्य जटिलतापछि उनी चिकित्सकका पुगिन् । चिकित्सकले फोक्सो निकै सुनिएको, तर चिन्ता गर्नु नपर्ने भनिदिए । ‘फोक्सो सुनिएको छ । चिन्ता गरिहाल्नुपर्ने त्यस्तो केही छैन,’ चिकित्सकको भनाइ थियो ।

चिकित्सकले एक्सरे गर्न सुझाए । एक्सरे गर्दा फोक्सोमा बाक्लो दाग देखियो । लगत्तै सिटी स्क्यान भयो । त्यसपछि ब्रोनकोस्कोपी प्रक्रिया सुरु भयो । श्वासनलीबाट लामो ट्युब छिराएर फोक्सो जाँच गर्ने प्रक्रियालाई ब्रोनकोस्कोपी भनिन्छ ।

ब्रोनकोस्कोपीबाट ट्युमर पत्ता लागेपछि चिकित्सकले त्यसलाई हटाइदिए । ट्युमर हटाएको चार महिनापछि उनी फेरि चिकित्सकलाई भेट्न गइन् । यसपटकको जाँचमा चिकित्सकले उनलाई फोक्सोमा तेस्रो स्टेजको क्यान्सर रहेको जानकारी गराए । घाँटी नजिकसम्म क्यान्सर फैलिएको देखियो ।

यो कुरा सुन्ने बित्तिकै मर्था स्तब्ध भइन् । ‘मेरा लागि यो खबर निकै स्तब्ध पार्ने थियो । विरलै धुम्रपान गर्ने ममा क्यान्स देखियो,’ उनी भन्छिन् । मर्था पार्टीका क्रममा कहिलेकाहीँ चुरोट तान्थिन् ।

फोक्सोको क्यान्सर विश्वव्यापी रूपमै सामान्यझैँ भइसक्यो । फोक्सोको क्यान्सरले नै धेरैको ज्यान लिएको छ । सन् २०२२ मा मात्रै विश्वभर २० लाख ५० हजार मानिसमा फोक्सको क्यान्सर देखिएको थियो । ती मध्ये १० लाख ८० हजार मानिसको ज्यान गयो । फोक्सोको क्यान्सरमध्ये धेरैमा सुर्तीजन्य पदार्थकै कारण भएको पाइन्छ । तर, अहिले धुम्रपान गर्नेहरूको दर विस्तारै ओरालो लाग्दै गएपनि फोक्सोको क्यान्सरको दर उकालो लाग्दै गएको छ । ती मध्ये जीवनमा कहिल्यै धुम्रपान नगरेकोहरूमा पनि फोक्सोको क्यान्सर बढेको छ । फोक्सोमा क्यान्सर देखिएका मध्ये १० देखि २० प्रतिशत मानिसले कहिल्यै धुम्रपान नगरेको तथ्य उजागर भएको छ ।

‘कहिल्यै धुम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सर पृथक प्रभाव र  छुट्टै रोगका रूपमा देखा पर्दैछ,’ क्यान्सर रोगक विशेषज्ञ एन्ड्रियाज विकी भन्छन् ।  उनका अनुसार धुम्रपान नै नगरेका युवाहरूमा फोक्सोको क्यान्सर बढिरहेको छ ।  ‘३० देखि ३५ वर्ष उमेर समुहमा देखिएका फोक्सोको क्यान्सर मध्ये अधिकांश कहिल्यै धुम्रपान नगरेका छन्,’ उनी भन्छन् ।

फोक्सोको क्यान्सरमा पनि भिन्नता देखापरेको छ । सन् १९५० देखि ६० को दशकसम्म सामान्यतया फोक्सोको क्यान्सरको प्रकार ‘स्क्वामस सेल कार्सिनोमा’ थियो । अहिले ‘एन्डिनोकार्सिनोमा’ धुम्रपान गर्ने र नगर्ने दुबैमा साझा समस्याका रूपमा देखा परेको छ ।

एन्डिनोकार्सिनोमा सामान्यतया अन्तिम अवस्थामा देखिन्छ । ‘यदि १ सेन्टिमिटरकै ट्युमर रहेछ भने पनि त्यसको सुरुवाती प्रभाव केही देखिँदैन । जब  ट्युमर फैलिन्छ त्यसपछि निरन्तर खोकी लाग्छ, छाती दुख्छ, दम भएजस्तो हुन्छ,’ विकी भन्छन् ।

धुम्रपान गर्नेहरूको हकमा प्रारम्भिक चरणकै अवस्थामा क्यान्सर पत्ता लागेपनि नगर्नेहरूको हकमा तेस्रो वा चौथो चरणमा पुगेपछि मात्रै क्यान्सर देखारपरेको दृष्टान्त छन् । धुम्रपान नगरेका महिलाहरूमा बढी फोक्सोको क्यान्सर देखिएको छ। पुरूषको तुलनामा फोक्सोको क्यान्सर महिलालाई दोब्बर छ ।

फोक्सोको बनावटर वातावरणीय सम्पर्कबाहेक आनुवंशिक परिवर्तनका कारणपनि धुम्रपान नगर्नेहरूमा फोक्सो क्यान्सर देखिन थालेको हो । धुम्रपान नगर्ने व्यक्तिमा फोक्सोको क्यान्सर पत्ता लाग्दा प्राय: ट्युमरको विकासलाई प्रेरित गर्ने थुप्रै उत्परिवर्तन पाइन्छन् । त्यस मध्येको एक Epidermal growth factor receptor (EGFR)  हो ।  विशेषगरी एसियाली महिलाहरूमा EGFR उत्परीवर्तन देखा परेको छ । क्यान्सर विशेषज्ञ विक्की भन्छन्, ‘धूम्रपान नगर्ने व्यक्तिमा फोक्सोको क्यान्सर पत्ता लाग्दा प्रायः ट्युमरको विकासलाई प्रेरित गर्ने थुप्रै उत्परिवर्तनहरू पाइन्छन्। EGFR ले कोषहरूको सतहमा प्रोटिन निर्माण गर्दछ ।’

पूर्वी एसियाली महिलाहरूमा EGFR धेरै देखिएपनि त्यसको यकिन कारण भने खुल्न सकेको छैन । केही अध्यननहरुका अनुसार महिलाको हर्मोन, मेटाबोलिजम का कारणले फोक्सोको क्यान्सर एसियाली महिलाहरूमाझ धेरै देखिएको विभिन्न अध्ययनको भनाइ छ ।

धुम्रपान नगर्ने मानिसहरूमा पनि क्यान्सर देखिन थालेसँगै औषधि कम्पनीहरूले औषधिको विकास गर्न थाले। करिब २ दशकअघि EGFR का लागि औषधि उत्पादन भएका थिए । त्यस औषधिले अधिकांश विरामीहरूमा उल्दलेखनीय सुधार देखायो । केही समयपछि क्यान्सर कोषमा औषधि प्रतिरोध देखा पर्न थाल्यो । त्यसपछि ट्युमर बढ्न थाल्यो । पछिल्लो समय यी समस्या समाधानका लागि पनि नयाँ औषधि बजारमा उपलब्ध छन् । यसले गर्दा क्यान्सर पीडितहरूको जीवनदरमा पनि  केही हदसम्म सुधार आएको छ । ‘२० वर्षअघिसम्म क्यान्सर पीडितहरूको जीवन दर १२ महिनाभन्दा कम थियो केही विरामी अहिले १० वर्षभन्दा बढी समयदेखि उपचारमा छन् । यो ठूलो फड्को हो,’ विकी भन्छन् ।

धुम्रपान नगर्ने व्यक्तिमा फोक्सोको क्यान्सर बढ्दै भएकाले विशेष रोकथाम रणनीति आवश्यक रहेको विज्ञहरू बताउँछन् । धुम्रपान नगर्ने व्यक्तिहरूमा फोक्सोको जोखिम बढ्नुमा विभिन्न कारक पहिचान भएका छन् । रासायनिक तत्व रेडन, धुम्रपान गर्ने व्यक्तिले फालेको धुँवासँगको सम्पर्क लगायतका कारण छन् । यस्तै, भान्साबाट निस्किने धुँवा पनि यसको कारक तत्व हो । एसियाली अधिकांश महिला घरमै रहने हुनाले कोठामा बालिने चुलो लगायतका प्रदूषण र बाहिरी प्रदूषणका कारणसमेत धेरै असर देखापरेको अध्ययनहरूको निष्कर्ष छ ।

सुक्ष्म कणको प्रदूषण PM 2.5  फोक्सोको क्यान्सर निम्त्याउने प्रमुख कारक हो । सवारी साधन र जीवाश्म इन्धनबाट निस्किने धुवाँमा यस्ता कण पाइन्छन् । बेलायती वैज्ञानिकहरूको अनुसन्धानमा PM2.5 ले क्यान्सर प्रतिरक्षा कोषहरूलाई सोस्दै सिटोकिन रसायनलाई वृद्धि गर्छ । यसले EGFR बढाउँछ । वैज्ञानिक विलियम हिल भन्छन्-‘ट्युमर विकासमा प्रदूषण र उत्परिवर्तन दुवैको भूमिका हुन्छ ।’

धुवाँ र क्यान्सबीचको सम्बन्ध सन् १९५० मै प्रमाणित भएको थियो । त्यस बेलाको ध्यान धुम्रपान नियन्त्रणमा केन्द्रित थियो । ७५ वर्षपछि अहिले वायु प्रदुषणप्रति ध्यान जान थालेको छ । फ्रान्सेली क्यान्सर अनुसन्धान संस्था आइएआरसीका गान्फेङ लुओ भन्छन्, ‘विश्वको ९९ प्रतिशत जनसंख्या WHO को वायु गुणस्तर मापदण्डभन्दा बढी प्रदुषित क्षेत्रमा बनस्ने भएकाले धेरै मानिस क्यान्सरको जोखिमा छन् ।’

हालका वर्षहरूमा युरोप र अमेरिकामा वायु प्रदुषणको स्तर घटेकाले क्यान्सर दरमा प्रभाव १५-२० वर्ष पछि देखिने क्यान्स विशेषण क्रिस्टिन बर्गको भनाइ छ ।‘अहिले प्रदुषण घटेपछि फेरि बढ्ने जोखिम उत्तिकै छ । त्यसैले यसको असर १५-२० वर्षपछि मात्रे देखिन्छ,’ क्रिस्टिन बताउँछिन् ।

IARC को अध्ययनले सन् २०२२ मा PM2.5 का कारण विश्वभर करिब १,९४,००० फोक्सो क्यान्सर (एडेनोकार्सिनोमा) केस देखिएको थियो । सबैभन्दा बढी असर पूर्वी एसिया, विशेषगरी चीनमा देखिएको थियो।

यस्तै, भारत  सहित प्रदुषण बढिरहेका अन्य मुलुकमा भविष्यमा वायु प्रदूषणका कारण फोक्सो क्यान्सरका अझै बढ्न सक्ने देखिन्छ। दिल्लीमा PM2.5 को औसत स्तर १०० माइक्रोग्राम प्रति  घनमिटर बढी छ । यो WHO मापदण्डभन्दा २० गुणा बढी हो।

बेलायतमा  मा मात्रै सन् २०२२ मा ११ सय मानिसमा वायु प्रदुषणका कारण फोक्सोको एडेनोकार्सिनोमा देखिएको IARC को अध्ययनले देखाएको छ। यी सबै धुम्रपान नगर्नेमा मात्रै देखिएको होइन। अनुसन्धानकर्ता ह्यारीएट रेम्गे भन्छिन्, ‘कतिसयम प्रदुषणको सम्पर्कमा रहँदा त्यसले क्यान्स निमत्याउँछ भन्ने विषयमा अझै पनि अनुसन्धान आवश्यकता छ ।‘

यद्यपी उपचार विधि दिनप्रतिदिन प्रभावकारी बनिरहेका छन् । यसले धुम्रपान गर्नेहरु पनि क्यान्सरबाट बचाउने परिस्थिति निर्माण गरिरहेको छ ।‘क्यान्सर रोगीहरूलाई दोष दिने प्रवृत्ति समाजमा अझै पनि व्याप्त छ । उपचार विधिले अब त्यो सोचलाई विस्तारै बदल्नेछ,’ वीकी भन्छन् ।

मार्थाले झण्डै ती वर्षदेखि औषधि सेवन गरिरहेकी छिन्। त्यसका उपलब्धि र असरबारे उनी भन्छिन्, ‘यो कुनै भिटामिनको गोली होइन । यसका असरहरू पनि छन् । थकान बढाउने मांसपेसी दुखाउने, छालाका समस्या निमत्याउने समस्या देखापरेका छन् । तर औषधिले काम गरिरहेको छ । क्यान्सरप्रतिको धारणा र सोच पन विस्तार परिवर्तन हुँदैछ । यो सकरात्मक पाटो हो ।’

बीबीसीमा प्रकाशित सामग्रीको अनुवाद

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register