नक्सालमा सम्पदा खोज यात्रा : नयाँ पुस्तालाई इतिहाससँग जोड्ने प्रयास (तस्वीरहरू)

काठमाडौं । विश्व स्थानीयकरण दिवसको सन्दर्भ पारेर नक्सालमा ‘स्थानीय भावनाको खोज’ कार्यक्रम आयोजना गरिएको छ । दिगो विकास इन्स्टिच्युट र काठमाडौं महानगरपालिकाको सहकार्यमा “ऐतिहासिक सम्पदा हाम्रो पहिचान, नक्सालको समृद्धि हाम्रो अभियान” भन्ने मुल नाराका साथ यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य बालबालिका र नयाँ पुस्तालाई नक्सालको संस्कृति, इतिहास र जीवनशैलीसँग नजिक बनाउनु […]

Jun 21, 2025 - 09:18
 0
नक्सालमा सम्पदा खोज यात्रा : नयाँ पुस्तालाई इतिहाससँग जोड्ने प्रयास (तस्वीरहरू)

काठमाडौं । विश्व स्थानीयकरण दिवसको सन्दर्भ पारेर नक्सालमा ‘स्थानीय भावनाको खोज’ कार्यक्रम आयोजना गरिएको छ ।

दिगो विकास इन्स्टिच्युट र काठमाडौं महानगरपालिकाको सहकार्यमा “ऐतिहासिक सम्पदा हाम्रो पहिचान, नक्सालको समृद्धि हाम्रो अभियान” भन्ने मुल नाराका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको मुख्य उद्देश्य बालबालिका र नयाँ पुस्तालाई नक्सालको संस्कृति, इतिहास र जीवनशैलीसँग नजिक बनाउनु आयोजकले बताएका छन ।

खोज यात्राको क्रममा बालबालिकाले मन्दिर, डबली, ढुंगेधारा, बहाल जस्ता सम्पदा स्थलहरू अवलोकन गरेका छन । यस क्रममा सडकलाई कक्षाकोठा र खेलमैदानको रूपमा प्रयोग गरिनेछ, जसले सिकाइ रमाइलो र अनुभवजन्य बनाउने आयोजकले जनाएका छन् ।

यस पहलले बालबालिकामा स्थानप्रतिको गर्व, जिज्ञासा र अपनत्व बढाउने अपेक्षा गरिएको छ । समुदायसँग परामर्श गर्दै भविष्यमा सम्पदाको संरक्षण र विकास कसरी गर्न सकिन्छ भन्ने सामूहिक सोच तयार गर्ने प्रयास पनि हो ।

दिगो विकास इन्स्टिच्युट र काठमाडौं महानगरपालिकाले यसअघि हाडीगाउँमा सफल प्रयोग गरेका थिए । अब नक्साल र जयबागेश्वरीमा पनि त्यस्तै सामुदायिक रूपान्तरणका सम्भावनामा काम भइरहेको छ । भविष्यमा अन्य सम्पदा क्षेत्रहरूमा पनि यस्ता रचनात्मक कार्यक्रमहरू विस्तार गरिनेछ ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register