‘भिजिट भिसा काण्ड युवाको सपना र भविष्यमाथीको सुनियोजित डकैती हो’- असिम शाह 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले भिजिट भिसा प्रकरण हजारौँ नेपाली युवाको सपना र सिङ्गो भविष्यमाथीको सुनियोजित डकैती भएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले युवाहरुको  विवशताको भुइँमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको भन्दै यसले देशलाई छिट्टै नै भ्रष्टाचारको म्युजियम बताउका छन् । ‘युवाहरुको विवशताको भुइँमा टेकेर देशमा लुटको […]

Jun 22, 2025 - 08:01
 0
‘भिजिट भिसा काण्ड युवाको सपना र भविष्यमाथीको सुनियोजित डकैती हो’- असिम शाह 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले भिजिट भिसा प्रकरण हजारौँ नेपाली युवाको सपना र सिङ्गो भविष्यमाथीको सुनियोजित डकैती भएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले युवाहरुको  विवशताको भुइँमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको भन्दै यसले देशलाई छिट्टै नै भ्रष्टाचारको म्युजियम बताउका छन् ।

‘युवाहरुको विवशताको भुइँमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको छ । यो सिन्डिकेटले कहिले भुटानी शरणार्थीको रुपमा देशको नागरिक बेच्छ । कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा बचाउँछ । कहिले सुनलाई बिस्कुट भनेर भित्र्याउँछ । लाग्छ अब यो देश छिटै नै भ्रष्टाचारको म्युजियम बन्दैछ ।’, उनले भने, ‘यसको सूचीमा नयाँ काण्ड थपिएको छ । भिजिट भिसा काण्ड यो सामान्य ठगी होइन, यो हजारौं नेपाली युवाको सपना र सिङ्गो भविष्यमाथीको सुनियोजित डकैती हो । सरकारले यसमाथि छानबिन गर्नुपर्छ ।’

त्यस्तै, उनले सदन केवल बहुमतको अङ्कगणितले मात्र नभएर विवेक र नैतिकताले चल्नुपर्ने भन्दै एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको बताए । ‘एक महिनादेखि यो सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको छ र हामीलाई यसको दर्शक बन्न बाध्य पारिएको छ ।’, उनले भने, ‘सदन केवल बहुमतको अङ्कगणितले मात्र होइन विवेक र नैतिकताले चल्नुपर्छ ।’

रास्वपा संख्यामा थोरै भए पनि कमजोर नभएको भन्दै रास्वपाले आफ्नो माग कायमै राख्ने पनि सांसद शाहले बताएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register