भद्रपुरबाट लागु‌औषधसहित कार र २ जना कारोबारी पक्राउ

झापा, ८ असार । झापाको भद्रपुरबाट लागु‌औषधसहित कार र २ जना कारोबारी पक्राउ प्रहरीले पक्राउ गरेको छ । शनिबार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट र लागु औषध नियन्त्रण ब्यूरो का काँकरभिट्टाबाट खटिएका प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नं. २६ का २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका वडा नं. ७ की २२ [...] The post भद्रपुरबाट लागु‌औषधसहित कार र २ जना कारोबारी पक्राउ appeared first on Jhapa Online.

Jun 22, 2025 - 15:45
 0
भद्रपुरबाट लागु‌औषधसहित कार र २ जना कारोबारी पक्राउ

झापा, ८ असार । झापाको भद्रपुरबाट लागु‌औषधसहित कार र २ जना कारोबारी पक्राउ प्रहरीले पक्राउ गरेको छ ।

शनिबार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट र लागु औषध नियन्त्रण ब्यूरो का काँकरभिट्टाबाट खटिएका प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नं. २६ का २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका वडा नं. ७ की २२ वर्षीया नोजिना राना मगरलाई पक्राउ गरेको हो । 

भद्रपुर नगरपालिका वडा नं. ५ स्थित भन्सार चोकमा भारतबाट नेपाल तर्फ आउदै गरेको बागमती प्रदेश ०१-०३० च ७७९३ नं. को नेटा कम्पनीको ब्लु रंगको कार रोकी चेकजाँच गर्ने क्रममा चालक कुँवरले चालक बस्ने सिटमा कालो प्लाष्टिकमा अबैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ प्याक गरी राखि त्यस माथि आफु बसेर लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिक बाहेक ४७ ग्राम ६९० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

लागुऔषध र कारलाई नियमानुसार बरामद गरी लागुऔषध ओसार पसारमा संलग्न कार चालक कुँवर र कारमा सवार राना मगरलाई नियन्त्रणमा लिइएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धानको लागि जिल्ला अदालत झापामा उपस्थित गराई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूरमा अनुसंधानको लागि दिन ५ म्याद लिइएको छ ।

The post भद्रपुरबाट लागु‌औषधसहित कार र २ जना कारोबारी पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register