एनआरएनए यूके सदस्यता डेडलाइन बुधबार, हालसम्म कति आए आवेदन ?

लन्डन- गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको नयाँ सदस्यता लिने तथा नविकरण गर्ने म्याद आउँदो बुधबार २५ जुनमा सकिंदैछ । शनिबारसम्म संघको सदस्यताका लागि १ हजार २ सय ५० जनाको आवेदन प्राप्त भएको सदस्यता वितरण अभियानका संयोजकसमेत रहेका एनआरएनए यूके उपाध्यक्ष मनिष खत्रीले जानकारी दिए । ‘हालसम्म १ हजार सदस्यता स्वीकृत भइसकेका छन् । बाँकी २ […]

Jun 22, 2025 - 10:59
 0
एनआरएनए यूके सदस्यता डेडलाइन बुधबार, हालसम्म कति आए आवेदन ?

लन्डन- गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको नयाँ सदस्यता लिने तथा नविकरण गर्ने म्याद आउँदो बुधबार २५ जुनमा सकिंदैछ ।

शनिबारसम्म संघको सदस्यताका लागि १ हजार २ सय ५० जनाको आवेदन प्राप्त भएको सदस्यता वितरण अभियानका संयोजकसमेत रहेका एनआरएनए यूके उपाध्यक्ष मनिष खत्रीले जानकारी दिए ।

‘हालसम्म १ हजार सदस्यता स्वीकृत भइसकेका छन् । बाँकी २ सय ५० आवेदन प्रमाणिकरणको प्रक्रियामा छन्’, उपाध्यक्ष खत्रीले भने ।

हालसम्म प्राप्त आवेदनहरुमध्ये सबैभन्दा बढी स्कल्यान्डबाट छन् । स्कटल्यान्डबाट ७ सय जनाले सदस्यता आवेदन गरेका छन् ।

अहिलेसम्म प्राप्त सदस्यता आवेदन विगतको तुलनामा निकै न्यून हो । तर धेरैले डेडलाइन सकिने बेला आवेदन गर्ने ट्रेन्ड रहेकाले बाँकी केही दिनभित्र सदस्यता आवेदन संख्या उल्लेख्य बढ्ने आशा गरिएको छ ।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले बेलायतवासी सबै नेपालीहरुलाई संघको सदस्यता लिन आव्हान गरेका छन्।

एनआरएनए यूके सदस्यता आइसीसीको एमआइएस सिस्टमबाट लिन सकिन्छ । आइओएस तथा एन्ड्रोयड स्मार्ट फोनमा स्मार्ट एनआरएनए एप डाउनलोड गरि सदस्य बन्न सकिनेछ ।स्मार्ट एनआरएनए एपमार्फत सदस्यता शुल्क तिरेको प्रमाण राखे पञ्चात सदस्यता तत्कालै स्वीकृत हुने पनि जनाइएको छ ।

एमआइएस प्रणालीमार्फत सदस्यता लिने अन्तिम मिति २५ जुन, २०२५, राती ११ः५९ सम्म छ ।

एनआरएनए यूके निर्वाचन अनलाइनमार्फत २६ जुलाई र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय छ ।

एनआरएनए यूके सदस्यता लिने लिंक:

एप्पल/ आइओएसबाट सदस्यता लिन यहाँ क्लिक गर्नुहोस्।

एण्ड्रोइड/ गुगल प्लेबाट सदस्यता लिन यहाँ क्लिक गर्नुहोस्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register