एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई १ लाख पुरस्कार

काठमाडौँ । रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइईमा) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरिएको हो । नगर प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको १७औँ नगर सभामा पेस गरेको नीति तथा कार्यक्रममा ४ […]

Jun 22, 2025 - 12:20
 0
एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई १ लाख पुरस्कार

काठमाडौँ । रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइईमा) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरिएको हो ।

नगर प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको १७औँ नगर सभामा पेस गरेको नीति तथा कार्यक्रममा ४ जिपिए ल्याउने विद्यार्थीलाई ‘नगर प्रमुख शैक्षिक पुरस्कार’ अन्तर्गत १ लाख रुपैयाँ दिइने उल्लेख छ । 

सो नगद पुरस्कार पाउन नगरपालिका भित्रका विद्यालयमा अध्ययन गरेर एसइईमा उत्कृष्ट नतिजा ल्याएको हुनुपर्नेछ । नगद पुरस्कारसँगै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगरपालिका भित्रका सामुदायिक विद्यालयमा ११ र १२ अध्ययन गरेरमा कक्षा १२ को अन्त्यमा ५० हजार रुपैयाँ छात्रवृत्ति दिइने पनि नगरप्रमुख पन्थीले बताएका छन् । 

पन्थीका अनुसार विद्यार्थीको भविष्यमा सहयोग पुगोस् भन्ने र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्ने उद्धेश्यले यस्तो योजना अघि सारिएको हो । यसले विद्यार्थीलाई शैक्षिक उत्कृष्टताप्रति प्रेरित गर्ने विश्वास लिइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register