विश्वकै धनाढ्य व्यक्तिको विवाहका लागि इटालीको टापु नै ‘बुक’, ४० लाख डलर बढी खर्च हुने अनुमान !

काठमाडौँ । विश्वकै धनी व्यक्तिको सूचीमा चौथो स्थानमा रहेका जेफ बेजोसले टापु नै भाडामा लिएर विवाह गर्ने भएका छन् । उनले इटालीको ११० वटा टापुहरुमध्ये ऐतिहासिक सहर भेनिसमा विवाह गर्न लागेका हुन् । अमेजनका मालिकसमेत रहेका बेजोसको विवाहको विशेष समारोह ५०० अमेरिकी डलरको विशेष जहाजमा गरिने भएको छ । यो जहाज विश्वकै दोस्रो ठूलो जहाज […]

Jun 22, 2025 - 11:43
 0
विश्वकै धनाढ्य व्यक्तिको विवाहका लागि इटालीको टापु नै ‘बुक’, ४० लाख डलर बढी खर्च हुने अनुमान !

काठमाडौँ । विश्वकै धनी व्यक्तिको सूचीमा चौथो स्थानमा रहेका जेफ बेजोसले टापु नै भाडामा लिएर विवाह गर्ने भएका छन् । उनले इटालीको ११० वटा टापुहरुमध्ये ऐतिहासिक सहर भेनिसमा विवाह गर्न लागेका हुन् ।

अमेजनका मालिकसमेत रहेका बेजोसको विवाहको विशेष समारोह ५०० अमेरिकी डलरको विशेष जहाजमा गरिने भएको छ । यो जहाज विश्वकै दोस्रो ठूलो जहाज हो । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाए अनुसार बेजोसको विवाहमा २ सय जना पाहुनाका लागि कुल खर्च ४० लाख अमेरिकी डलर हुने अनुमान गरिएको छ । विवाहको अन्य खर्चबारे अन्य विवरण सार्वजनिक गरिएको छैन । 

बेजोसलरेन सान्चेजको विवाह जुन २४ देखि जुन २६ सम्म हुने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register