पाकिस्तानले ‘इरानको अनुरोध’मा बोलायो सुरक्षा परिषद्को आपतकालीन बैठक

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक दारले इरान र इजरायलबीच बढ्दो तनावको सम्बन्धमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको जानकारी दिएका छन् । उनले इरानको अनुरोधमा बैठक सामाजिक सञ्जाल एक्समार्फत् आइतबार जानकारी दिएका हुन् । ‘इरानको अनुरोधमा, आइतबार अमेरिकी समयअनुसार दिउँसो संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको छ,’ उनले लेखेका छन् । […]

Jun 22, 2025 - 17:02
 0
पाकिस्तानले ‘इरानको अनुरोध’मा बोलायो सुरक्षा परिषद्को आपतकालीन बैठक

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक दारले इरान र इजरायलबीच बढ्दो तनावको सम्बन्धमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको जानकारी दिएका छन् ।

उनले इरानको अनुरोधमा बैठक सामाजिक सञ्जाल एक्समार्फत् आइतबार जानकारी दिएका हुन् ।

‘इरानको अनुरोधमा, आइतबार अमेरिकी समयअनुसार दिउँसो संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको छ,’ उनले लेखेका छन् ।

विदेशमन्त्री दारका अनुसार इरानले अनुरोध गरेको यो कार्यमा पाकिस्तानलाई चीन र रुसको समर्थन छ ।

अमेरिकाले आइतबार बिहान इरानको फोर्डो, नातान्ज र इस्फहानस्थित आणविक स्थलहरूमा आक्रमण गरेको थियो । त्यसपछि इरान र इजरायलबीच द्वन्द्व थप फैलिने खतरा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register