माधव नेपाल विशेष अदालतमा उपस्थित, बयान जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत, काठमाडौंमा उपस्थित भएका छन् । पतञ्जली जग्गा हिनामिना प्रकरणमा बयान दिन उनी बुधबार अदालत पुगेका हुन् । अहिले नेपालको बयान चलिरहेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ […]

Jun 25, 2025 - 06:24
 0
माधव नेपाल विशेष अदालतमा उपस्थित, बयान जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालत, काठमाडौंमा उपस्थित भएका छन् ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा बयान दिन उनी बुधबार अदालत पुगेका हुन् । अहिले नेपालको बयान चलिरहेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register