तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर निष्कासन, कहिलेसम्म दिन पाइन्छ आवेदन ? 

काठमाडौँ । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरले ४० लाख कित्ता हकप्रद जारी गरेको हो । गत जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले असार १६ गतेदेखि आगामी साउन ४ गतेसम्म हकप्रद सेयर खरिदका […]

Jun 30, 2025 - 09:10
 0
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर निष्कासन, कहिलेसम्म दिन पाइन्छ आवेदन ? 

काठमाडौँ । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरले ४० लाख कित्ता हकप्रद जारी गरेको हो ।

गत जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले असार १६ गतेदेखि आगामी साउन ४ गतेसम्म हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते हकप्रदका लागि अनुमती पाएको थियो । यस कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

हकप्रद बिक्रीबाट प्राप्त रकमलाई यसै कम्पनीले प्रबर्द्धन गरेको क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने र बाँकी रहेको रकम बैंकको कर्जा तिर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register