एएफसी महिला एसियन कप छनोट : नेपाल र उज्वेकिस्तानबीच निर्णायक भिडन्त आज

झापा, २१ असार । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ। खेल उज्वेकिस्तानको राजधानी तासकन्दस्थित मिलि स्टेडियममा नेपाली समयअनुसार शनिबार साँझ ९ः१५ बजे सुरु हुनेछ। अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउन नेपाल र उज्वेकिस्तान दुवै टोलीलाई जित आवश्यक छ। समूह [...] The post एएफसी महिला एसियन कप छनोट : नेपाल र उज्वेकिस्तानबीच निर्णायक भिडन्त आज appeared first on Jhapa Online.

Jul 5, 2025 - 04:29
 0
एएफसी महिला एसियन कप छनोट : नेपाल र उज्वेकिस्तानबीच निर्णायक भिडन्त आज

झापा, २१ असार । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली उज्वेकिस्तानको सामना गर्दैछ। खेल उज्वेकिस्तानको राजधानी तासकन्दस्थित मिलि स्टेडियममा नेपाली समयअनुसार शनिबार साँझ ९ः१५ बजे सुरु हुनेछ।

अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउन नेपाल र उज्वेकिस्तान दुवै टोलीलाई जित आवश्यक छ। समूह चरणको अन्तिम खेल दुवैका लागि ‘फाइनल सरह’ बनेको छ, किनभने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

नेपाल र उज्वेकिस्तानले समूह चरणमा समान ६ अंकसहित उत्कृष्ट प्रदर्शन गरेका छन्। दुवै टोलीले दुई खेलमा समान १७ गोल गरेका छन् र अहिलेसम्म कुनै गोल खाएका छैनन्।

नेपालले पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो। उज्वेकिस्तानले भने श्रीलंकालाई १०–० र लाओसलाई ७–० ले हराएको थियो।

यदि निर्धारित ९० मिनेटमा खेल बराबरीमा सकिएमा नतिजा टाइब्रेकरमार्फत तय गरिनेछ। त्यसैले नेपाली टोली निर्धारित समयमै स्पष्ट जित निकाल्ने रणनीतिमा हुनेछ।

The post एएफसी महिला एसियन कप छनोट : नेपाल र उज्वेकिस्तानबीच निर्णायक भिडन्त आज appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register