भारी वर्षाका कारण धनगढीका एक हजार घर डुबानमा

धनगढी आईतवारदेखि परेको अविरल वर्षाका कारण धनगढी नगर क्षेत्र भित्रका करिब एक हजार घर डुबानमा परेका छन् । सोमवार विहान १२ बजेसम्म परेको अविरल वर्षाले धनढी क्षेत्र भएर बग्ने नालाहरुमा पानीको मात्रा बढी भएपछि पानी केही पसल र घरहरुमा पसेको थियो। विहान उज्यालो भएपछि बाढी आएकाले मानीवय क्षति  भने नभएपनि  घरमा पानी पस्दा अन्नपात ,लत्ता […]

Jun 30, 2025 - 12:07
 0
भारी वर्षाका कारण धनगढीका एक हजार घर डुबानमा

धनगढी

आईतवारदेखि परेको अविरल वर्षाका कारण धनगढी नगर क्षेत्र भित्रका करिब एक हजार घर डुबानमा परेका छन् । सोमवार विहान १२ बजेसम्म परेको अविरल वर्षाले धनढी क्षेत्र भएर बग्ने नालाहरुमा पानीको मात्रा बढी भएपछि पानी केही पसल र घरहरुमा पसेको थियो।

विहान उज्यालो भएपछि बाढी आएकाले मानीवय क्षति  भने नभएपनि  घरमा पानी पस्दा अन्नपात ,लत्ता कपडामा क्षति भएको छ भने धनगढी बजारका केही पसलहरुमा पानी पस्दा भने क्षति भएको ब्यावसायीहरुले बताएका छन् । अविरल वर्षाका कारण आएको वाढीले धनगढी बजारको रातोपुल, एलएनचौक,शिवनगर र क्याम्पस रोड क्षेत्र बढी प्रभावित भएको थियो ।

कैलाली नाल र सेतो पुलको नालामा धनगढी उपमहानगरपालिका उत्तरको गोदावरी नगरपालिका क्षेत्रको पानी समेत यी नालामा आउने भएकाले धनगढीमा डुवान भएको स्थानीय बासिन्दा शेरबहादुर बस्नेतले बताए । शिवनगर , रातोपुल क्याम्पस रोड क्षेत्रमा बढी डुबान हुन पुगेको उनले बताए ।

धनगढी उप महानगरपालिकाका  वार्ड नम्बर १,२,३,४,५,७ र ८ नम्वर वडा बढी प्रभावित भएका छन् । मोहना नदीमा खतराको संकेत भन्दा बढी पानी आएकाले धनगढी क्षेत्रका नालाहरुको पानी थुनिएकाले धनगढीमा डुबान भएको पत्रकार दीपक उपाध्यायले जानकारी दिए । धनगढीका निकास नालाहरु साना भएकाले डुवानको सम्या बढी देखिएको स्थानीय दिवाकर रिजालले बताए ।

वर्षाका कारण आएको बाढीले धनगढी उप महानगरपालिका वार्ड १३ श्रीलंकाको एक घर र वार्ड नम्वर ११ को बेलाको २ घर विस्तापित भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहले जानकारी दिए ।

 यस्तै महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाले सोमवार बिहान ८ः४५ मा २१२ दशमलव २ मिलि मिटर वर्ष मापन गरेको छ। अत्तरियामा रहेको वर्षा मापन केन्द्रमा आइतबार साँझ ५ः४५ देखि सोमवार बिहान ८ः४५ सम्ममा २१२ दशमलव २ मिलिमिटर वर्ष मापन गरिएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले धनगढी, गोदावरी, पुनर्वास र कृष्णपुर नगरपालिका क्षेत्रमा बढी वर्ष भएको जानकारी दिनुभयो । तर, अहिलेसम्म वर्षाका कारण भएको क्षतिको कुनै विवरण प्रशासनलाई प्राप्त भएको छैन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register