सवारी दुर्घटनामा एक जनाको मृत्यु 

उदयपुर।         उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मदन भण्डारी लोकमार्गमा रहेको रंगलक्ष्मी पेट्रोलपम्प नजिकको कलवर्टको पिलरमा मोटर साइकल ठोकिएर शुक्रबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बेलका नगरपालिकाको बुद्ध चौकबाट रामपुर बजारतर्फ जाँदै गरेको प्रदेश १  ०५  ००१ प १९१३ […]

Jun 14, 2025 - 10:55
 0
सवारी दुर्घटनामा एक जनाको मृत्यु 

उदयपुर। 

       उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मदन भण्डारी लोकमार्गमा रहेको रंगलक्ष्मी पेट्रोलपम्प नजिकको कलवर्टको पिलरमा मोटर साइकल ठोकिएर शुक्रबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बेलका नगरपालिकाको बुद्ध चौकबाट रामपुर बजारतर्फ जाँदै गरेको प्रदेश १  ०५  ००१ प १९१३ नंको मोटरसाइकल पेट्रोलपम्प नविक रहेको कल्भर्टमा ठोकिएर दुर्घटना हुँदा बेलका नपा ६ बस्ने नवीन राईको ज्यान गएको हो ।

        शनिवार बिहान स्थानीयले कलभर्टमा ठोकिएर मोटरसाइकल र मानिस लडेको देखेपछि इलाका प्रहरी कार्यालय रामपुरमा खबर गरेको र तत्काले इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा गएर बुझ्दा उक्त दुर्घटनामा परेर ज्यान गुमाउने बेलका नपा ६ का ४०  वर्षका नवीन राई रहेको पुष्टि भएको र सो दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register