सृजनशीलद्वारा फण्ड कलेक्सन गर्न फुड फेस्टिभल कार्यक्रम

काठमाडौं तारकेश्वर नगरपालिका ४ मा रहेको सृजनशील महिला समाज नेपालले आफ्ना गतिविधि र कार्यहरुलाई अझै प्रभावकारी बनाउन फन्ड कलेक्सन गर्ने उद्धेश्यले शनिवार वृहत फुड फेस्टिभल कार्यक्रमको आयोजना गर्‍यो ।  सो समाजले जलवायु परिवर्तनले पारेका असर न्यूनीकरण गर्न आवश्यक सचेतता , महिला हक अधिकारका लागि आवश्यक पैरवी, सरसफाइ कार्यक्रम लगायत अन्य सामाजिक र  रचनात्मक कार्य गर्दै […]

Mar 22, 2025 - 11:33
 0
सृजनशीलद्वारा फण्ड कलेक्सन गर्न फुड फेस्टिभल कार्यक्रम

काठमाडौं

तारकेश्वर नगरपालिका ४ मा रहेको सृजनशील महिला समाज नेपालले आफ्ना गतिविधि र कार्यहरुलाई अझै प्रभावकारी बनाउन फन्ड कलेक्सन गर्ने उद्धेश्यले शनिवार वृहत फुड फेस्टिभल कार्यक्रमको आयोजना गर्‍यो ।

 सो समाजले जलवायु परिवर्तनले पारेका असर न्यूनीकरण गर्न आवश्यक सचेतता , महिला हक अधिकारका लागि आवश्यक पैरवी, सरसफाइ कार्यक्रम लगायत अन्य सामाजिक र  रचनात्मक कार्य गर्दै आइरहेको छ । सृजनशीलले शनिवार तारकेश्वर नगरपालिका ४ स्थित मिलवस्तीमा आयोजना गरेको फुड फेस्टिभल कार्यक्रममा स्थानीयहरुको उत्सावद्र्धक सहभागिता रहेको थियो ।

 कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपमेयर सिर्जना बुर्लाकोटीले सृजनशील महिला समाजले समाजमा विभिन्न रचनात्मक  कार्यहरु गर्दै आइरहेको र यो आफैमा नीकै प्रसंसनीय रहेको बताइन्  । सृजनशील महिला समाजकी अध्यक्ष सुष्मा रेग्मीले संस्थालाई दिगो  राख्न र विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न फण्डको आवश्यक पर्ने भएकाले फण्ड कलेक्सनका लागि फुड फेस्टिभल कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । 

अध्यक्ष रेग्मीले स्थानीय दाजुभाई तथा दिदीबहिनीहरुको सहयोग साथ र मायाका कारण आफूहरुले संस्थालाई गति दिन सकेकाले सदा सदा यस्तै सहयोगको अपेक्षा गरिन् । संस्थाकी उपाध्यक्ष रञ्जना शर्माले सृजनशील महिला समाज गाँउटोलमा  रचनात्मक कार्यक्रम गर्न अग्रसर भइरहेको र आफूहरु सबैपक्ष सँग हातेमालो गर्दै अघि बढिरहेको बताइन् ।

 कार्यक्रममा जेष्ठ नागरिक सरोकार केन्द्रका विरेन्द्र थपलिया, नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डित लगायतले सृजनशील महिला समाजले गर्दै आइरहेको कार्यको प्रसंसा गर्दै आगामी दिनमा रचनात्मक र सिर्जनात्मक कार्यक्रमलाई अझै विस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

 सो कार्यक्रमा स्थानीय स्तरमा महिला दिदीबहिनीहरुले उत्पादन गरेका विभिन्न अचार, लगायतका अन्य खाद्यहरुको स्टल समेत राखिएको थियो । कार्यक्रममा विभिन्न मनोरञ्जनमूलक गीतहरु पनि प्रस्तुत गरिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register