रजत वर्षमा देशकै पहिलो टोल

टोलविकास संस्था हेटौंडा नगर समन्वय समितिले आगामी दिनमा टोलविकास संस्थाको अभियानलाई अझ सशक्त बनाउँदै लैजाने र सामाजिक कार्यमा सहयोग पु¥याउने अपेक्षासहित संस्थापक अध्यक्ष रमेशरत्न स्थापितको स्मृतिमा १ लाखको अक्षयकोष घोषणा गरेको छ । संस्था स्थापनाको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा टोविस अध्यक्ष ध्रुवप्रसाद अधिकारीले उक्त घोषणा गरेका हुन् । २०५६ असार १४ गते नेपालमा पहिलो […]

Jun 30, 2025 - 13:58
 0
रजत वर्षमा देशकै पहिलो टोल
हेटौंडा ।

टोलविकास संस्था हेटौंडा नगर समन्वय समितिले आगामी दिनमा टोलविकास संस्थाको अभियानलाई अझ सशक्त बनाउँदै लैजाने र सामाजिक कार्यमा सहयोग पु¥याउने अपेक्षासहित संस्थापक अध्यक्ष रमेशरत्न स्थापितको स्मृतिमा १ लाखको अक्षयकोष घोषणा गरेको छ ।

संस्था स्थापनाको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा टोविस अध्यक्ष ध्रुवप्रसाद अधिकारीले उक्त घोषणा गरेका हुन् । २०५६ असार १४ गते नेपालमा पहिलो पटक हेटौंडाबाट सुरु गरिएको टोलविकास अभियानले २५ वर्ष यात्रा पूरा गरेको जानकारी गराउँदै उनले समाज रुपान्तरणको आधार, सहकार्य र समर्पणको प्रतीक टोलविकास संस्थाको अभियानलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

सफा, हरित, सुरक्षित र समुन्नत नगर बनाउने अभियानमा टोलहरुको निरन्तर सक्रियता रहेको जानकारी गराउँदै उनले रजत वर्षको सन्दर्भमा अग्रज टोलविकासकर्मी, टोलविकास संस्था, व्यक्तित्व र समस्त सहभागी टोलविकास अभियन्तालाई बधाई तथा शुभकामना व्यक्त गरे ।

टोलविकास संस्था नगर समन्वय समिति संस्थापक अध्यक्ष स्थापितको स्मृतिमा स्थापना गरिएको रमेशरत्न स्मृति सम्मान २०८२ यस वर्ष चन्द्रशेखर ढुंगानालाई प्रदान गरिएको छ । सामाजिक नेतृत्व, महिला सशक्तीकरण, सरसफाइ, सहकार्य र समुदाय विकासका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने टोलविकास संस्था नगर समन्वय समिति संस्थापक उत्तमप्रसाद पौडेल र बेगम बराल, हेटौंडा–२ की सानु श्रेष्ठ, हेटौंडा–४ की तीर्थदेवी सिलवाल र लक्ष्मी पुलामी, हेटौंडा–५ का ज्ञानबहादुर थापा र उमा राई, हेटौंडा–६ का श्यामप्रसाद भट्टराई, हेटौंडा–७ का राजु वाइबा, हेटौंडा–८ का हरिकृष्ण श्रेष्ठ, हेटौंडा–९ का मुकुन्दप्रसाद अधिकारी, हेटौंडा–१० की शान्ता गजुरेल र हेटौंडा–११ का पूर्णभक्त लामालाई रजत जयन्ती विशेष सम्मान प्रदान गरिएको छ ।

कार्यक्रममा उपमहानगर प्रमुख मीना लामाले सशक्त टोल संस्था समुन्नत नगरको आधार रहेको भन्दै टोलस्तरमा भएको सहभागिता, सचेतना र सेवाभावले समावेशी र सक्षम स्थानीय शासन सम्भव बनाउने बताइन् ।

विभिन्न टोलविकास संस्थालाई सामाजिक सहभागिता, वातावरणीय सचेतना, आर्थिक सक्रियता, महिला तथा युवा सशक्तीकरण जस्ता मापदण्डका आधारमा उत्कृष्ट घोषणा गर्दै प्रमाणपत्र, दोसल्ला र नगद पुरस्कारसहित सम्मान गरिएको थियो । समारोहकै अवसरमा टोलविकास अभियानका विविध जानकारी, कार्यविधि, लेख, अनुभव तथा विधान समेटिएको टोलविकास स्मारिका विमोचन गरिएको महासचिव शिवहरी दाहालले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register