मस्तिष्क स्वस्थ र सक्रिय कसरी बनाउने ?

मानव शरीरको महत्वपूर्ण अंग मध्ये मस्तिष्क पनि एक हो । मस्तिष्क स्वस्थ भयो भने मात्र जीवन आनन्ददायी हुन्छ । त्यसैले मस्तिष्क तथा दिमागलाई स्वस्थ र सक्रिय बनाउने केही उपायहरु यसप्रकार छन् । स्वस्थकर खाना – जुन खानामा एन्टीअक्सिडेन्ट तथा अन्य पोषक तत्व पाइन्छ । यसले मस्तिष्क स्वस्थ राख्नमा मद्दत गर्छ । त्यसैले प्रशस्त मात्रामा मौसमी [...] The post मस्तिष्क स्वस्थ र सक्रिय कसरी बनाउने ? appeared first on Jhapa Online.

Jul 4, 2025 - 09:10
 0
मस्तिष्क स्वस्थ र सक्रिय कसरी बनाउने ?


मानव शरीरको महत्वपूर्ण अंग मध्ये मस्तिष्क पनि एक हो । मस्तिष्क स्वस्थ भयो भने मात्र जीवन आनन्ददायी हुन्छ । त्यसैले मस्तिष्क तथा दिमागलाई स्वस्थ र सक्रिय बनाउने केही उपायहरु यसप्रकार छन् ।

स्वस्थकर खाना –

जुन खानामा एन्टीअक्सिडेन्ट तथा अन्य पोषक तत्व पाइन्छ । यसले मस्तिष्क स्वस्थ राख्नमा मद्दत गर्छ । त्यसैले प्रशस्त मात्रामा मौसमी फलफूल, सागसब्जी पर्याप्त मात्रामा खानु पर्ने हुन्छ । यसका अलावा अन्य पोषक तत्वको पनि जरुरत पर्छ ।

गीतसंगीत –

बिभिन्न ब्यस्तताका कारण मस्तिष्कमा अनावश्यक भार पर्ने गर्छ । त्यसैले मस्तिष्क स्वस्थ राख्नको लागि समय समयमा बिभिन्न किसिमका गीतसंगीत सुन्नु जरुरी हुन्छ । यसले मन प्रशन्न हुनुका साथै दिमागलाई स्वस्थ र सक्रिय बनाउँछ । त्यसैले मौका मिल्नासाथ गीतसंगीत सुन्ने र आनन्द लिने गर्नुपर्छ ।

सामाजिक क्रियाकलाप –

सामानिक कार्यमा क्रियाशील भएर काम गर्ने ब्यक्तिको दिमाग पनि क्रियाशील र सक्रिय हुन्छ । समाजमा मित्रता कायम गर्नाले मस्तिष्क स्वस्थ रहन मद्दत मिल्छ ।

सकारात्मक सोँच –

बिषम परिस्थितिका कारणबस तपाइँको सोँचमा सकारात्मक भयो भने मात्र मस्तिष्क स्वस्थ रहन सक्छ । सकारात्मक सोँचले मात्र मस्तिष्क स्वस्थ र सक्रिय बनाउन सकिन्छ ।

योग तथा ब्यायाम –

बिभिन्न किसिमका हल्का ब्यायाम गर्नाले पनि दिमाग स्वस्थ हुन मद्दत मिल्छ । बिहान बेलुका योग तथा ब्यायाम गर्नु राम्रो हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ र सक्रिया बनाउन सहयोग गर्छ ।एजेन्सी

The post मस्तिष्क स्वस्थ र सक्रिय कसरी बनाउने ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register