रुसको युक्रेनमा भीषण हवाई हमला, ५५० ड्रोन प्रहार

काठमाडौंं । रुसले युक्रेनमा हालसम्मकै ठूलो हवाई हमला गर्दै ५५० वटा ड्रोन र ११ वटा मिसाइल प्रहार गरेको छ। युक्रेनी वायु सेनाका अनुसार ४७६ ड्रोनहरू हवाई प्रतिरक्षा प्रणालीले खसालिएको छ। आक्रमण सुमी, खार्किभ, चेर्निहिभ र राजधानी किभमा केन्द्रित थियो। अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीचको फोनवार्तापछि आक्रमण भएको हो। ट्रम्पको युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि […]

Jul 5, 2025 - 04:51
 0
रुसको युक्रेनमा भीषण हवाई हमला, ५५० ड्रोन प्रहार

काठमाडौंं ।

रुसले युक्रेनमा हालसम्मकै ठूलो हवाई हमला गर्दै ५५० वटा ड्रोन र ११ वटा मिसाइल प्रहार गरेको छ। युक्रेनी वायु सेनाका अनुसार ४७६ ड्रोनहरू हवाई प्रतिरक्षा प्रणालीले खसालिएको छ।

आक्रमण सुमी, खार्किभ, चेर्निहिभ र राजधानी किभमा केन्द्रित थियो। अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीचको फोनवार्तापछि आक्रमण भएको हो।

ट्रम्पको युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ड्रोन आक्रमण तीव्र भएको बताइएको छ। यसैबीच, युक्रेनले पनि रुसमा ड्रोन आक्रमण गरेको र रुसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभको ज्यान गएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register