शहर मोहले सुनसान काँठ क्षेत्र (तस्वीरहरू)

काठमाडौं । नेपालको जनसङ्ख्या गाउँबाट ओरालो र शहरमा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ । मानिसको शहर मोहले गर्दा जनसङ्ख्या शहरकेन्द्रित हुँदा गाउँ रित्तिँदै गएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार मात्र सार्वजनिक गरेको नेपालमा शहरीकरण र विकास विषयक प्रतिवेदनमा गाउँ तुलनामा शहरी क्षेत्रमा जनसङ्ख्या वृद्धि तीव्र भएको देखाएको छ। २०६८ सालदेखि २०७८ सालसम्म ग्रामीण […]

Jul 5, 2025 - 05:02
 0
शहर मोहले सुनसान काँठ क्षेत्र (तस्वीरहरू)

काठमाडौं । नेपालको जनसङ्ख्या गाउँबाट ओरालो र शहरमा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ । मानिसको शहर मोहले गर्दा जनसङ्ख्या शहरकेन्द्रित हुँदा गाउँ रित्तिँदै गएका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार मात्र सार्वजनिक गरेको नेपालमा शहरीकरण र विकास विषयक प्रतिवेदनमा गाउँ तुलनामा शहरी क्षेत्रमा जनसङ्ख्या वृद्धि तीव्र भएको देखाएको छ।

२०६८ सालदेखि २०७८ सालसम्म ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ८२ प्रतिशतबाट घटेर ३३.८ प्रतिशतमा झरेको छ भने शहरी क्षेत्रमा १७.१ प्रतिशतबाट बढेर ६६.२ प्रतिशत पुगेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

विकास उकालो लाग्यो र मानिस उरालो लागे भन्ने भनाई अहिले काठमाडौं उपत्यकाको तारकेश्वर नगरपालिका १ साङला गाउँ र टोखा नगरपालिका १ दुलाल गाउँलाई हेर्दा हुन्छ ।

गाउँ नै रितिने गरी भएको बसाइँसराइले गाउँमा भएका एकाघरका मानिसहरूलाई पनि सताउने गरेको छ । उपत्यकाको काँठ क्षेत्रमा पर्ने सो गाउँहरूमा अहिले रित्ता र भग्नावशेष भएका घरहरू र घरका आँगनमा झार उम्रेन थालेका छन् । गाउँमा एकाघर मानिस बस्ने भए पनि मौलिकता हराएको देखिन्छ ।

२०७२ सालको भूकम्पले मौलिक र परम्परागत घरहरू हराए भने अधिकांस गाउँ नै छाडेर गएको स्थानीय बताउँछन् । दुलाल गाउँका स्थानीय दीपेन्द्र दुलालले भने “पहिले यहाँ १२० घरधुरी रहेकोमा भूकम्प पछि सबै जसो घरहरू खाली भए धेरैले खेत बेचेर खेत मै घर बनाए, कतिले गाउँमै ठूला सिमेन्टका घर बनाए, अहिले त ५-७ घरमा मात्र मानिस बस्ने गरेका छन्, नुवाकोट, कालिकोट सम्म का मानिस यहाँ भाँडामा बस्छन् ।

काठमाडौंमै रहेर पनि कुनै समय निकै ग्रामीण र दुर्गम जस्तै रहेको सो क्षेत्रमा अहिले बिजुली, सडक पुगेको छ । पहिले पहिले हिँडेर टोखासम्म गाईवस्तुका लागि पराल र दैनिक उपभोग्य सामग्री लिन गएको कुरा स्मरण गर्छन्, साङला सल्लेगाउँका रामप्रसाद ढकाल ।

अहिले मोटर बाटो र अरू सुविधा आइसकेको छ, तर गाउँमा मानिस नरहेको ढकालले बताए । काँठ क्षेत्रका धेरैले ४०-५० मुरी धान फल्ने खेत बेचेर घर बनाएको र मैले पनि घर बनाउन ७ आन जग्गा बेचेको कुरा उनले सुनाए । यो तल जाती पनि घर बनेको, प्लटिङमा भएको सबै खेत थियो अहिले घर बन्यो साङला सापकोटा गाउँका रुद्र सापकोटाले बताए ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register