चित्कार र मौनता

विमानस्थलमा चित्कार छ बेलडाँगी शिविरको आवाज जस्तै बाढीको वैंश चढेको समय हो यो जताततै छरिएको छ रोएको जस्तै कर्कस आवाज बालबालिकाको भोक र वृद्धको आँसु सडकका गह्रुँगा चापजस्तै थिचिएको पीडा चट्याङ्गले फुटालेका जस्ता पुराना सम्झना जसलाई राज्यले हेर्दैन सुन्दैन र, बोल्दैन।   काठमाडौंमा मौनता छ पोते छिरलिएपछिको अशान्त मौनता माटोको नाम लिएको सत्ता राष्ट्रियता गुम […]

Jul 5, 2025 - 09:10
 0
चित्कार र मौनता

विमानस्थलमा चित्कार छ
बेलडाँगी शिविरको आवाज जस्तै

बाढीको वैंश चढेको समय हो यो

जताततै छरिएको छ रोएको जस्तै कर्कस आवाज
बालबालिकाको भोक र वृद्धको आँसु
सडकका गह्रुँगा चापजस्तै थिचिएको पीडा

चट्याङ्गले फुटालेका जस्ता पुराना सम्झना
जसलाई राज्यले हेर्दैन
सुन्दैन
र, बोल्दैन।

 

काठमाडौंमा मौनता छ

पोते छिरलिएपछिको अशान्त मौनता
माटोको नाम लिएको सत्ता
राष्ट्रियता गुम भएको जनता—
कुन शरणार्थी ? कुन युवा ? कुन नागरिक ?
कसको भविष्य ?

एक छेउमा तम्बूभित्र बाँच्न खोजिरहेका
शरणार्थी छन्—
तीन दशकदेखि
आफ्नो होइन भन्ने भूमिमा
अधुरो पहिचान र अधूरो सपना
कागजविना जीवित

प्राणविहीन लास जस्तै बनेर

अर्कोतिर
सपना बोकेका युवाहरू छन्—
बा-आमा-घर-माटोलाई कतै छाडेर

भिसा हात पार्न लिगलिगको दौडमा जस्तै
देशलाई बिसाउँदै उडिरहेका
आकाशको सपना चुम्न
आफैँ सुतेको माटो भुल्दै

यिनीहरू उस्तै छन्—
पाण्डबहरू जस्तै सबै निर्वासित ।

अशोक वाटिकामा सीताले पर्खे जस्तै

बुढी आमा डोजरले भत्काएको चौतारोको कुनामा बसेर
बटुवाहरूको पुरानो यादमा

समयका औँला भाँचिरहेकी छिन्

भावनाको कालोपाटीमा हेरेर

घरका छानामुनि झरेका पातझैँ
थुप्रिएका छन् आशाहरू—
जसलाई समयकोको मौनताले कुहाएको छ
देश चुप जस्तै छ सहनशील बनेर
तर समाधान?
त्यो त आकासको बादलजस्तै अस्पष्ट छ

एक जना भन्छिन्—
यहाँ बाँच्नै गाह्रो छ

हाम्रा लागि बोल्ने कोही छैन !

अनि म सोच्न बाध्य हुन्छु—
आफ्नै देशमा
शरणार्थी भइरहेका आमाहरू ।

नेपाल !
तिमी किन मौन छौ ?
जब तिमीलाई बोल्नुपर्ने बेला हो—
जब बाँच्न खोज्नेहरूको छातीमा
तिमी बोलिदिएर सास फुक्नुपर्ने हो

युवाले देश छाडिरहेछन्
खै अझै फर्किन सकेका छैनन्—
देशको मुटु त धड्किरहेको छ
तर, काठमाण्डौं कुम्भकर्ण जस्तै सुतेको छ ।

एक समयको स्वर

एक मनको स्वर —
यो गम्भीर सत्य हो !
यो स्वर छ — गहिरो, उज्यालो, उच्च !
तारा झैँ टल्किन्छ अन्धकारमा
छालझैँ उर्लन्छ स्वतन्त्रताको रातो रङमा

बिहानको घामले उज्यालो देखाउँछ
गुफाभित्रै पनि
ताराहरूको मधुर आवाजमा

बाँच्ने साहस सुनाउँछिन् बुढी आमा

सबैभन्दा महान् र दिव्य स्वर
त्यतिबेला हुन्छ —
जब भत्किएको चौतारीमा आवाज मिसिन्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register