सुशासनको नारामा मात्रै सिमित सचिवको विदेश भ्रमणको लहर, असारमै दर्जनौँ भ्रमण स्वीकृति

काठमाडौं । सुशासन र मितव्ययिताको नारासहित गठन भएको एमाले–कांग्रेस गठबन्धन सरकारका पदाधिकारीहरू सरकारी ढुकुटी दोहन गर्दै विदेश भ्रमणमा व्यस्त देखिएका छन्। प्रधानमन्त्री, मन्त्रीदेखि सचिवहरूसम्म विदेश सयरमा होडबाजी गरिरहँदा मन्त्रिपरिषद्को हरेक बैठकले विदेश भ्रमण स्वीकृत गर्ने निर्णयहरू गर्दै आएको छ। असार महिनामा मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसहित एक दर्जनभन्दा बढी मन्त्री र आठ जना सचिवको विदेश […]

Jul 5, 2025 - 09:45
 0
सुशासनको नारामा मात्रै सिमित सचिवको विदेश भ्रमणको लहर, असारमै दर्जनौँ भ्रमण स्वीकृति

काठमाडौं ।

सुशासन र मितव्ययिताको नारासहित गठन भएको एमाले–कांग्रेस गठबन्धन सरकारका पदाधिकारीहरू सरकारी ढुकुटी दोहन गर्दै विदेश भ्रमणमा व्यस्त देखिएका छन्। प्रधानमन्त्री, मन्त्रीदेखि सचिवहरूसम्म विदेश सयरमा होडबाजी गरिरहँदा मन्त्रिपरिषद्को हरेक बैठकले विदेश भ्रमण स्वीकृत गर्ने निर्णयहरू गर्दै आएको छ।

असार महिनामा मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसहित एक दर्जनभन्दा बढी मन्त्री र आठ जना सचिवको विदेश भ्रमण स्वीकृत गरिएको छ। कतिपय भ्रमण पूरा गरेर फर्किसकेका छन् भने कतिपय भ्रमणमा छन्, र अरु तयारीमा छन्।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्बन्धी चौँथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई साताव्यापी भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्री आरजु राणा देउवा १७ दिने भ्रमणमा छन्, जहाँ उनले इटली र जर्मनीमा हुने सम्मेलन तथा लगानी प्रवर्द्धन कार्यक्रममा भाग लिनेछिन्।

त्यस्तै, अन्य मन्त्रीहरू श्रममन्त्री शरदसिंह भण्डारी, कृषि मन्त्री रामनाथ अधिकारी, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, भौतिक पूर्वाधार मन्त्री दिगबहादुर दाहाल, ऊर्जा मन्त्री दीपक खड्का, खानेपानी मन्त्री प्रदीप यादव, महिला तथा बालबालिका मन्त्री नवलकिशोर साह, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डे लगायतका पदाधिकारीको विदेश भ्रमण स्वीकृत भएको छ।

पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालका अनुसार, “उच्च पदस्थ पदाधिकारीदेखि सांसदसम्म विदेश भ्रमणको मोह अत्यधिक छ। सुशासन र मितव्ययिताको गफ मात्रै हुने गरेको छ।”

उनका अनुसार भ्रमणको आवश्यकताको मूल्यांकन नगरी जथाभावी ढंगले विदेश भ्रमण भइरहेकाले सरकारी खर्च फजुल ढंगले बढिरहेको छ।

सरकारका पदाधिकारीहरूको यस्तो व्यवहारले सुशासन, मितव्ययिता र खर्च कटौतीका नाराहरू व्यवहारभन्दा प्रचारका लागि मात्रै गरिएको पुष्टि गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register