पर्यटन क्षेत्र समृद्धिको बलियो आधार हो : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पर्यटन क्षेत्रलाई समृद्धिको एक बलियो आधारको रूपमा प्रस्तुत गर्नुभएको छ। शनिबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले पर्यटन क्षेत्रमा अपार सम्भावना रहेको र त्यसलाई सही ढंगले प्रवर्धन गर्न सके नेपालको आर्थिक रूपान्तरण सम्भव हुने धारणा राख्नुभयो। उहाँले समृद्धिका लागि नेपालसँग धेरै विकल्पहरू रहे पनि पर्यटन एक […]

Jul 5, 2025 - 10:03
 0
पर्यटन क्षेत्र समृद्धिको बलियो आधार हो : उपप्रधानमन्त्री पौडेल

काठमाडौं ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पर्यटन क्षेत्रलाई समृद्धिको एक बलियो आधारको रूपमा प्रस्तुत गर्नुभएको छ। शनिबार काठमाडौँमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले पर्यटन क्षेत्रमा अपार सम्भावना रहेको र त्यसलाई सही ढंगले प्रवर्धन गर्न सके नेपालको आर्थिक रूपान्तरण सम्भव हुने धारणा राख्नुभयो।

उहाँले समृद्धिका लागि नेपालसँग धेरै विकल्पहरू रहे पनि पर्यटन एक शक्तिशाली सम्भावना भएको स्पष्ट पार्नुभयो। समृद्धिका निम्ति हामीसँग अरू विभिन्न कुराहरू छन् । त्यसमध्येको एउटा शक्तिशाली विकल्प पर्यटन हो, उपप्रधानमन्त्री पौडेलले भन्नुभयो।

पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले लगानी प्रवर्धनमा सरकार सक्रिय रहेको जानकारी दिनुभयो। राज्यको लगानी मात्रले पुग्दैन,भन्दै उहाँले देशभित्र र विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आकर्षित गर्न सरकार अग्रसर रहेको बताउनुभयो।

पर्यटन पूर्वाधार विकासमा बजेट निर्माण गर्दा पनि यसको ध्यान राखिएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको र विकासको यात्रालाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register