गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आज बिहान बैतडीस्थित जिल्ला प्रहरी कार्यालय (जिप्रका)को अनुगमन तथा निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था र प्रहरी युनिटहरूको अवस्था बारे जानकारी लिनुभएको हो। प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार, गृहमन्त्री लेखकको टोलीले जिप्रकासहित जिल्लाका अन्य प्रहरी इकाइहरूको अवस्थाबारे अवलोकन गरेको थियो। निरीक्षणका क्रममा […]

Jul 5, 2025 - 10:09
 0
गृहमन्त्री लेखकद्वारा बैतडीको निरीक्षण, प्रहरी भवन निर्माणमा बजेटको प्रतिबद्धता

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले आज बिहान बैतडीस्थित जिल्ला प्रहरी कार्यालय (जिप्रका)को अनुगमन तथा निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्ति सुरक्षा अवस्था र प्रहरी युनिटहरूको अवस्था बारे जानकारी लिनुभएको हो।

प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार, गृहमन्त्री लेखकको टोलीले जिप्रकासहित जिल्लाका अन्य प्रहरी इकाइहरूको अवस्थाबारे अवलोकन गरेको थियो। निरीक्षणका क्रममा भवन अभाव, महिला तथा बालबालिका सेवा केन्द्र र व्यारेक भवनको आवश्यकता सम्बन्धी जानकारी गृहमन्त्री समक्ष प्रस्तुत गरिएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो।

डीएसपी मिश्रका अनुसार, महिला बालबालिका सेवा केन्द्र तथा प्रहरीका लागि व्यारेक भवन निर्माणका लागि आवश्यक बजेटको पहल गरिदिन आग्रह गरेका छौँ।

गृहमन्त्री लेखकले आफ्नै कार्यकालभित्र उक्त संरचना निर्माणका लागि बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। निरीक्षणपछि उहाँले बैतडीको ऐतिहासिक जगन्नाथ मन्दिरमा दर्शन गर्नुभएको थियो। आजै उहाँको बैतडीबाट फिर्ता हुने कार्यक्रम रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register