समस्याग्रस्त १९ सहकारीमा साढे ३८ अर्बको मागदाबी, ५ हजार बचतकर्ताको ३ अर्ब ४१ करोड फिर्ता !

काठमाडौँ । समस्याग्रस्त घोषणा भएका १९ सहकारीका संस्थामा करिब ३८ अर्ब ४३ करोड रुपैयाँ फिर्ताको मागदाबी परेको छ । सहकारीका ६१ हजार ९४ बचतकर्ताले सो रकम बराबरको मागदाबी गरेका हुन् । जसमध्ये हालसम्म ५ हजार बचतकर्तालाई ३ अर्ब ४१ करोड रुपैयाँ फिर्ता गरिएको छ ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म ८३ […]

Jul 7, 2025 - 04:50
 0
समस्याग्रस्त १९ सहकारीमा साढे ३८ अर्बको मागदाबी, ५ हजार बचतकर्ताको ३ अर्ब ४१ करोड फिर्ता !

काठमाडौँ । समस्याग्रस्त घोषणा भएका १९ सहकारीका संस्थामा करिब ३८ अर्ब ४३ करोड रुपैयाँ फिर्ताको मागदाबी परेको छ । सहकारीका ६१ हजार ९४ बचतकर्ताले सो रकम बराबरको मागदाबी गरेका हुन् । जसमध्ये हालसम्म ५ हजार बचतकर्तालाई ३ अर्ब ४१ करोड रुपैयाँ फिर्ता गरिएको छ । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म ८३ करोड रुपैयाँ वितरण गरिएको थियो भने पछिल्लो एक वर्षमा २ अर्ब ५८ करोड रुपैयाँ फिर्ता गरिएको हो ।

असार २२ देखि बाँकी ५६ हजार १०६ जना बचतकर्तालाई थप २९ करोड रुपैयाँ फिर्ता गर्न थालिएको समितिले जनाएको छ । हालसम्म करिब २ अर्ब ८८ करोड फिर्ता भइसकेको र बाँकी ३४ अर्ब ७१ करोड फिर्ता गर्न बाँकी रहेको बताइएको छ ।

सरकारले हालसम्म २३ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । तीमध्ये तीनको फिर्ता प्रक्रिया सम्पन्न भइसकेको छ भने बाँकी २० मध्ये १९ को मात्र माग दाबी गरिएको छ ।

समितिले सहकारीकै सम्पत्ति, ऋण र लगानी असुल गरेर बचत फिर्ता गरिने जनाएको छ । त्यसका लागि ऋणी र जमानतकर्ताको सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register